धुलिखेत- प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले काठमाडौंमा बसेरमात्र बनाइने कानुनले देश बनाउन नसक्ने बताएकी छन्। चैतन्य एकेडेमीले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारमा आफ्नो धारणा राख्दै श्रेष्ठले मुलुकका प्रत्येक भूभागका पुगेर सबै जनताको आवाज सम्बोधन हुने कानुन बनाएमात्र जनताले सुशासनको प्रत्याभूत गर्न सक्ने बताइन्।
उनले प्रत्येक नागरिकले नेपालमा पाइने अधिकारको पूर्ण प्रयोग गर्न सकेमात्र समृद्धिको प्रत्याभूति हुने बताइन्। ‘हरेक नागरिकलाई नेपालमा पाइने सपोर्टको प्रत्याभूत हुनु सुशासन हो। त्यसका लागि देशभरका जनताको अधिकार कानुनमा सुनिश्चित हुनुपर्छ,’ उनले भनिन्।
फरक प्रसंगमा बोल्दै उनले सरकारको कुनै उपस्थिति नभए पनि ट्याक्सले नेपालको जिडिपिमा महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताइन्। तर, त्यसभित्र पस्न नसकिएको उनको भनाइ छ।