मैले फलानालाई भोट दिनुस् भनेको छैन  : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 13:15:01
  • सोमबार,मंसिर ०१, २०८३
  • मैले फलानालाई भोट दिनुस् भनेको छैन  : अध्यक्ष ओली

    मैले फलानालाई भोट दिनुस् भनेको छैन  : अध्यक्ष ओली

    बिराटनगर– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको बताएका छन्।

    खाज (शुक्रबार) कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न बिराटनगर पुगेका ओलीले ‘केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको भन्दै असन्तुष्टि जनाए। केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको भन्दै उनले भने, ‘न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ।’

    आफूले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भन्ने गरेको ओलीले बताएका छन्।