नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले बागमतीमा मतदान सुरु - Chaitanya News
  • 2026-11-16
  • 13:20:36
  • सोमबार,मंसिर ०१, २०८३
  • नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले बागमतीमा मतदान सुरु

    नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले बागमतीमा मतदान सुरु

    काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो।

    अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन्। सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन्।