एमाले बागमती कमिटीले नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली पुनः प्रकाशित - Chaitanya News
  • 2026-11-16
  • 13:21:21
  • सोमबार,मंसिर ०१, २०८३
  • एमाले बागमती कमिटीले नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली पुनः प्रकाशित

    एमाले बागमती कमिटीले नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली पुनः प्रकाशित

    काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश कमिटीले नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली पुनः प्रकाशित गरेको छ। बिहीबारको मितिमा शुक्रबार बिहान प्रकाशित अन्तिम नामावली भनिए पनि मतदान सुरु हुनुभन्दा केही समय अघि उम्मेदवारहरुको संशोधित अन्तिम नामावली बुधबारकै मितिमा प्रकाशित गरिएको हो।

    उम्मेदवारहरुको शंशोधित अन्तिम नामावलीमा पदाधिकारीमा कुनै परिवर्तन नभएपनि सदस्यहरुमा दोहोरिएका नाम हटाएर पुनः प्रकाशन गरिएको निर्वाचन मण्डलले जनाएको छ। ‘केही उम्मेदवारको नाम दोहोरिएकोमा त्यो सच्चाइएको मात्र हो’, निर्वाचन कमिटीका एक सदस्यले बताए।

    एमाले बागमतीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलमात्र प्रतिस्पर्धामा उत्रेका छन्। त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चारजना मैदानमा छन्।

    प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।