एमालेले सार्वजनिक गर्‍यो मधेश प्रदेश अधिवेशनको नारा र लोगो - Chaitanya News
  • 2026-11-16
  • 13:20:56
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेले सार्वजनिक गर्‍यो मधेश प्रदेश अधिवेशनको नारा र लोगो

    एमालेले  सार्वजनिक गर्‍यो मधेश प्रदेश अधिवेशनको नारा र लोगो

    काठमाडौँ– नेकपा एमालेको आगामी असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ। एमाले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरी नारा र लोगो सार्वजनिक गरेको हो।

    एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रूपमा नारा र लोगो सार्वजनिक गरेका हुन्।

    एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ।