आजको मुलुकको नेकपा एसजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु छैन : घनश्याम भुसाल - Chaitanya News
  • 2026-11-16
  • 13:20:41
  • सोमबार,मंसिर ०१, २०८३
  • आजको मुलुकको नेकपा एसजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु छैन : घनश्याम भुसाल

    आजको मुलुकको नेकपा एसजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु छैन : घनश्याम भुसाल

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एसजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु कोहि पार्टी नभएको बताएका छन। आज (बिहिबार)मेची महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनलेआजको मुलुकको समस्या समाधान गर्न सक्ने सबैभन्दा स्पष्ट दिशा र कार्यक्रम भएको पार्टी नै आफ्नो भएको दाबी समेत गरे।अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै अघि बढ्ने बताए।

    उनले भने, ‘जनताको अधिकारहरूको संरक्षण गर्दै अरु लोकतान्त्रिक समाजवादी शक्तिहरूसँग हातेमालो गर्दै मुलुकको समृद्धि र रूपान्तरणको सुनिश्चित गर्न लाग्छौँ। एउटा लोकतान्त्रिक, बलियो र समावेशी पार्टी हामीले निर्माण गर्छौँ।’

    उनले अरु समाजवादी मोर्चाहरूसँग हातेमालो गर्दै मुलुकको वाम विकल्पको तयारीमा आफूहरू रहेको बताए। उपलब्धि रक्षाका लागि देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग पनि सहकार्य हुने बताए।