एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने - Chaitanya News
  • 2026-11-16
  • 13:21:06
  • सोमबार,मंसिर ०१, २०८३
  • एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

    एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

    काठमाडौं– एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने भएको छ।

    शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ। अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ।

    आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने, ‘समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने, जनताको सुझाव लिएर अझ स्प्रष्टताका साथ आउन पहलकदमी लिएका छौं।’