रवि लामिछानेले भने: राष्ट्रपतिले दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गरे - Chaitanya News
  • 2026-11-16
  • 13:19:46
  • सोमबार,मंसिर ०१, २०८३
  • रवि लामिछानेले भने: राष्ट्रपतिले दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गरे

    रवि लामिछानेले भने: राष्ट्रपतिले दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गरे

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन्। आज (बिहिबार)बनेपामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन्। स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने समेत बताए।

    उनले भने, ‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ उहाँ। राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर। हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरूको लिस्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन्। त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् त्यसैले तपाईँहरूले जति विरोध गर्नुस्।’

    उनले आफूहरूले कुनै दलको नभई १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए।

    उनले भने, ‘हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन्।’

    रविले थपे, ‘हामीले हरेक काण्डमा बोलेका छौँ। तर, हामीलाई जनताले बोलेर मात्रै के हुन्छ र भन्लान् रु त्यसैले अब हामीले एकैचोटी त्यसको जवाफ ०८४ मा दिन्छौँ।’