काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशनअन्तर्गत उम्मेदवारहरूको क्लष्टरमा हेरफेर गरिएको छ। अध्यक्षमण्डलको आज बिहान बसेको बैठकले यसअघिको क्लष्टर हेरफेर गर्दे पुनः नयाँ क्लष्टर सार्वजनिक गरेको हो।
यसअघि दुई उपसचिवमा एक महिला अनिवार्य भनिएकोमा अब उपसचिवमा महिला अनिवार्य गरिएको छैन। प्रदेश खुलामा १७ सदस्य निर्वाचित हुने यसअघि व्यवस्था गरिए पनि अहिले हटाएर जम्मा १६ मात्रै कायम गरिएको छ।
काठमाडौँ उपत्यकामा यसअघि खुला सदस्यमा ६ मात्रै कायम भएकोमा अब बढाएर ९ पुर्याइएको छ। त्यस्तै प्रदेशमा घटाएर ५ मात्रै बनाइएको छ।
काठमाडौँ उपत्यकाका लागि ४ युवामा २ महिला अनिवार्य भनिएकोमा अब एक मात्रै गरिएको छ। निर्वाचनलाई सहज बनाउनका लागि अध्यक्षमण्डलको तर्फबाट स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलाई तोक्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन्।