सामाजिक सद्भाव कायम राख्न पहलकदमी लिने माओवादीको निर्णय - Chaitanya News
  • 2026-11-16
  • 13:21:16
  • सोमबार,मंसिर ०१, २०८३
  • सामाजिक सद्भाव कायम राख्न पहलकदमी लिने माओवादीको निर्णय

    सामाजिक सद्भाव कायम राख्न पहलकदमी लिने माओवादीको निर्णय

    काठमाडौं– नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने निष्कर्षसमेत निकालेको छ।

    आज (बिहिबार)पत्रकारहसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशमा अराजकताको संकेतहरु देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

    ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टी पंक्ति गम्भिरतापूर्वक लाग्नुप¥यो। बाहिर पनि छलफल चलाउनु प¥यो। नेतृत्व लिनुपर्यो,’ सापकोटाले भने, ‘सामाजिक संघ, संस्थासँग अन्तरक्रिया गर्ने पनि भनिएको छ।’

    कायम गरिराख्नु पर्छ। अराजकताका संकेतहरु देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भिरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ।’