मुलुकको विकासका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरु भएको छ : कार्यवाहक प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 13:21:01
  • सोमबार,मंसिर ०१, २०८३
  • मुलुकको विकासका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरु भएको छ : कार्यवाहक प्रधानमन्त्री

    मुलुकको विकासका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरु भएको छ : कार्यवाहक प्रधानमन्त्री

    सुर्खेत– नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरु भएको बताएका छन्। पूर्वी सुर्खेतको बोटेचौरमा आज भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

    यस्तै उनले नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउने तयारी गरिहेको बताए। ‘विशेष गरी नागरिकहरुको दैनिक जीवनमा जोडिएका कुराहरुमा सहजता निर्माण, नागरिकको पहुँच सरकार, विकासमा कसरी पुग्छ, सुशासनका सवालमा सरकार अग्रसर भइरहेको छ, खड्काले भने, ‘नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउँदै छ।’

    साथै खड्काले कर्णाली निर्माण र समृद्धिका लागि राष्ट्रिय नेताहरुको समेत ध्यान केन्द्रित गराइएको बताए। एकताको भावबाट देश विकास र समृद्धि‌ सम्भव रहेको उनले बताए। उनले रुस र युक्रेनबीचको युद्धका कारण अर्थतन्त्रमा असर परेको बताए। त्यसका बाबजुद पनि सरकार देशको विकास र समृद्धिका लागि अग्रसर भइरहेको उनले बताए।