एमाले बागमती प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी - Chaitanya News
  • 2026-11-16
  • 13:14:36
  • सोमबार,मंसिर ०१, २०८३
  • एमाले बागमती प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी

    एमाले बागमती प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी

    काठमाडौं- नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ।

    रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।

    ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन्। त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल छन्।

    उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।

    यस्तै सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

    उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका छन्।