काँग्रेसले शिक्षा विधेयकमाथि विषय विज्ञसँग छलफल गर्ने - Chaitanya News
  • 2026-11-16
  • 13:36:34
  • सोमबार,मंसिर ०१, २०८३
  • काँग्रेसले शिक्षा विधेयकमाथि विषय विज्ञसँग छलफल गर्ने

    काँग्रेसले शिक्षा विधेयकमाथि विषय विज्ञसँग छलफल गर्ने

    काठमाडौँ– नेपाली काँग्रेसले शिक्षा विधेयकमाथि विषय विज्ञसँग छलफल गर्ने भएको छ।

    काँग्रेसका सांसदहरूसँग छलफल गर्नका लागि शिक्षा क्षेत्र सम्बद्ध विभिन्न व्यक्तिहरूलाई बोलाइएको छ।

    आज (बुधबार) हुने छलफलमा शिक्षाविद् विद्यानाथ कोइराला र धनञ्जय शर्मा, पूर्वसचिव जनार्दन नेपाल, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल लगायतलाई बोलाइएको काँग्रेस संसदीय दलले जनाएको छ।

    विषय विज्ञका रूपमा आमन्त्रितहरुले सांसदहरुलाई विधेयकमा शिक्षा क्षेत्रका समस्या र विधेयकमा उल्लेखित विषयमा छलफल गर्नेछन्। आमन्त्रितहरूलाई २० देखि ३० मिनेटको बोल्नका लागि समय उपलब्ध गराइएको छ। उनीहरू बोलिसकेपछि काँग्रेसका सांसदहरुले जिज्ञासा राख्नेछन्।

    काँग्रेसले शिक्षा विधेयकका विषयमा मंगलबार शिक्षक संम्वद्ध सङ्गठनका नेताहरूसँग छलफल गरेको थियो।