संसद्‍मा नाजी सैनिकलाई सम्मान दिएकोमा क्यानडाका सभामुखले दिए राजीनामा - Chaitanya News
  • 2026-11-16
  • 13:36:15
  • सोमबार,मंसिर ०१, २०८३
  • संसद्‍मा नाजी सैनिकलाई सम्मान दिएकोमा क्यानडाका सभामुखले दिए राजीनामा

    संसद्‍मा नाजी सैनिकलाई सम्मान दिएकोमा क्यानडाका सभामुखले दिए राजीनामा

    अटोवा– हिटलरको नाजी सैनिकको पक्षमा लड्ने एक व्यक्तिलाई क्यानडाको हाउस अफ कमन्समा निमन्त्रणा गरेर सम्मान गरेको विषयमा त्यहाँको सभामुखले राजीनामा दिएका छन्।

    यस विषयलाई लिएर चर्को आलोचना हुनुका साथै राजीनामाको माग भएपछि एन्थोनी रोटाले मंगलबार अटोवामा पार्टीका नेताहरूसँग छलफल गरेर पदबाट राजीनामा दिएका हुन्। संसद्‍मा उनले भने, ‘मैले सभामुखको पद छाड्नुपर्छ। म सबैसँग माफी माग्न चाहन्छु।

    गत शुक्रबार क्यानडाको संसद्ले पूरै विश्वको ध्यान खिचेको थियो। सभामुख रोटाले ९८ वर्षीय योरोस्लाभ हुंकालाई युक्रेन युद्धको हिरो बताएका थि। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको उपस्थितिमा संसद्मा सबैले उभिएर उनलाई सम्मान गरेका थिए ।

    तर पछि हुंका हिटलरको सेनामा रहेको र नाजीको तर्फबाट दोस्रो विश्वयुद्ध लडेको खुलासा भएको थियो। यस घटनापछि क्यानडाका कयौँ नेताले ट्रुडो प्रशासनको निन्दा गर्दै रोटाको राजीनामाको माग गरेका थिए।