दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल २१ असोजदेखि, ५० रुपैयाँसम्म छुट पाइने - Chaitanya News
  • 2026-11-16
  • 13:36:19
  • सोमबार,मंसिर ०१, २०८३
  • दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल २१ असोजदेखि, ५० रुपैयाँसम्म छुट पाइने

    दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल २१ असोजदेखि, ५० रुपैयाँसम्म छुट पाइने

    काठमाडौं– सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ।

    मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो।

    ‘दशैं, तिहार र छठ पर्वका लागि २१असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन्। ’

    सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।