वार्तामा बोलाउँदा आउनु भएन, के र्वार्ता हामीले उहाँहरुको नेतासँग गर्ने : मेयर साह - Chaitanya News
  • 2026-11-16
  • 13:36:30
  • सोमबार,मंसिर ०१, २०८३
  • वार्तामा बोलाउँदा आउनु भएन, के र्वार्ता हामीले उहाँहरुको नेतासँग गर्ने : मेयर साह

    वार्तामा बोलाउँदा आउनु भएन, के र्वार्ता हामीले उहाँहरुको नेतासँग गर्ने : मेयर साह

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन्।

    आज सामाजिक सञ्जालमा एउटा स्टाट्स लेख्दै सो जानकारी गराएका हुन्। आन्दोलनको विषय र समस्याको बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको उनले बताएका छन्। मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने? भन्दै प्रश्न गरेका छन्।

    यस्तो छ उनको स्टाट्स

    बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ ।
    के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने?