सुरक्षा चुनौतीबारे छलफल गर्न गृहमन्त्री श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख पुगे विराटनगर - Chaitanya News
  • 2026-11-16
  • 13:54:32
  • सोमबार,मंसिर ०१, २०८३
  • सुरक्षा चुनौतीबारे छलफल गर्न गृहमन्त्री श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख पुगे विराटनगर

    सुरक्षा चुनौतीबारे छलफल गर्न गृहमन्त्री श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख पुगे विराटनगर

    काठमाडौँ– सुरक्षा चुनौतीबाररे छलफल गर्न गृहमन्त्री नारायण श्रेष्ठसहित सुरक्षा निकायका प्रम्ख विराटनगर पुगेका छन । कोशी प्रदेशको सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन गृहमन्त्री श्रेष्ठ विराटनगर पुगेका हुन्।

    बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुखसमेत सहभागी छन्। बैठकमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत गएका कारण प्रमुख भने सहभागी छैनन्।

    विराटनगरमा २ महिना लामो अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै सुरक्षा समितिको बैठक बसेको हो। बैठकमा कोशी प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा छलफल हुने र समाधानका लागि कार्ययोजना बनाइने बताइएको छ।

    कोशी नामकरणपछि पहिचान पक्षधरहरूको आन्दोलनका कारण यहाँ सुरक्षा चुनौती बढेको छ।