नेपाल र चीनबीच १३ बुँदे समझदारी, पत्रमा हस्ताक्षर - Chaitanya News
  • 2026-11-16
  • 13:53:57
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाल र चीनबीच १३ बुँदे समझदारी, पत्रमा हस्ताक्षर

    नेपाल र चीनबीच १३ बुँदे समझदारी, पत्रमा हस्ताक्षर

    काठमाडौं– नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन्।

    यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन्। चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन्।