प्रधानमन्त्री प्रचण्डलाई चिनमा ‘गार्ड अफ अनर’ - Chaitanya News
  • 2026-11-16
  • 13:54:02
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री प्रचण्डलाई चिनमा ‘गार्ड अफ अनर’

    प्रधानमन्त्री प्रचण्डलाई चिनमा ‘गार्ड अफ अनर’

    बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ग्रेट हल अफ दी पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि, प्रधानमन्त्री प्रचण्डलाई उनका चिनियाँ समकक्षी लि छियाङले ग्रेट हल अफ दी पिपलमा स्वागत गरेका थिए ।

    केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदै छ ।