राहत शिक्षक अझै सडक आन्दोलनमा - Chaitanya News
  • 2026-05-03
  • 04:47:49
  • शनिबार,बैशाख १९, २०८३
  • राहत शिक्षक अझै सडक आन्दोलनमा

    राहत शिक्षक अझै सडक आन्दोलनमा

    काठमाडौं– राहत शिक्षकहरुले सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन्।

    नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आइतबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन्।

    उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन्।

    राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्।

    सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको राहत शिक्षक केन्द्रीय समितिको आरोप छ।