गृहमन्त्रीलाई रवि लामिछानेले सोधे: सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो? - Chaitanya News
  • 2026-11-16
  • 13:53:27
  • सोमबार,मंसिर ०१, २०८३
  • गृहमन्त्रीलाई रवि लामिछानेले सोधे: सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो?

    गृहमन्त्रीलाई रवि लामिछानेले सोधे: सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो?

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छकैन खोजेको हो भन्दै प्रश्न गरेका छन। आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको समेत बताए।

    सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन्। उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए।

    उनले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे। उनले शङ्काको घेरामा रहेका व्यक्तिहरू मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनी आशङ्का व्यक्त गरे।

    सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताए। उनले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताए।