काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाले सामाजिक अभियन्ता इःसँग तत्काल वार्ता गर्नुपर्ने बताएका छन्। आज (आइतबार) उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाट्स लेख्दै यस्तो बतएका हुन्।
अभियन्ता ईःलगायत व्यक्तिले राष्ट्रिय सभागृहबाहिर उभिएर काठमाडौं महानगरको ध्यानाकर्षण गराइरहेका छन्। उनीहरू त्यहाँ उभिएको आज ६ दिन भएको छ।
थापाले काठमाडौं महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको समेत बताएका छन्। “लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ। शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ। ईःलगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन होइन, उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन्। सँगै बसेर कुरा गरेपछि, एकार्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै,” थापाले फेसबुकमा लेखेका छन्, “यसकारण मेरो आग्रह छ–निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस्।”
यस्तो छ उनले फेसबुक स्टाट्स:
राष्ट्रिय सभागृह बाहिर आज छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईस् लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु। लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ईस् लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी ‘Street Vendors को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन। सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ(निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्।