कानुन बनाउने रुचि विगतका र अहिलेका सरकारमा देखिएन : मुख्यमन्त्री पाण्डे - Chaitanya News
  • 2026-11-16
  • 14:25:54
  • सोमबार,मंसिर ०१, २०८३
  • कानुन बनाउने रुचि विगतका र अहिलेका सरकारमा देखिएन : मुख्यमन्त्री पाण्डे

    कानुन बनाउने रुचि विगतका र अहिलेका सरकारमा देखिएन : मुख्यमन्त्री पाण्डे

    काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधानमा कल्पना गरिएअनुसार कानुन बनाउन नसकिएको बताएका छन्। आज (आईतबार) काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले कानुन बनाउने रुचि विगतका र अहिलेका सरकारमा नदेखिएको समेत बताए।

    ‘संविधानले कल्पना गरेअनुसार कानुन बनाउने विगतका सरकारले पनि खासै रुचि देखाएका थिएनन्,’ उनले भने, ‘मुख्यमन्त्रीहरूको पोखराको बैठकले बुँदाहरू लेखेर पनि दिएका थियौँ, प्रतिबद्धता पनि आएको थियो। तर त्यसअनुसार कानुन बन्ने तहमा पुगेका छैनौँ।’

    उनले तीन वटा कानुन नबन्दासम्म प्रदेश सरकारको औचित्य नदेखिने पनि बताए। ‘प्रहरी समायोजन, संघीय निजामती कानुन र जग्गा प्राप्ति अधिकार प्रदेश सरकारले पाउन सकेन भने प्रदेश सरकार हामीले कल्पना गरेजस्तो काम गर्न सक्ने अवस्थामा रहँदैन,’ उनले भने, ‘यी कानुन बनाउन सरकारले पहल गर्नुपर्‍यो।’