६० किलो सुन तस्करीको उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन फेरि छलफल हुँदै - Chaitanya News
  • 2026-11-16
  • 14:25:19
  • सोमबार,मंसिर ०१, २०८३
  • ६० किलो सुन तस्करीको उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन फेरि छलफल हुँदै

    ६० किलो सुन तस्करीको उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन फेरि छलफल हुँदै

    काठमाडौँ– ६० किलो सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन सरकार र नेकपा एमालेका नेताहरुबीच फेरि छलफल हुने भएको छ।

    ‘आज (आइतबार) दिउँसो २ छलफलका लागि बोलाइएको छ’, नेकपा एमालेका सचेतक महेश बर्तौलाले भने,‘दिउँसो २ बजे हामी गृह मन्त्रलाय जाँदैछौ।’

    यसअघि शुक्रबार दुई पटक बसेको बैठकमा आयोगको कार्यदेशबारे सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा असोज ५ गते गठन हुने भनिएको आयोग गठन हुन सकेको थिएन।

    शुक्रबारको छलफलमा एमालेले ६१ किलोसहित भेपमार्फत तस्करी भएको सुनको समेत सुक्ष्म छानविन गर्नेगरी आयोग गठन हुनुपर्ने अडान राखेको थियो। एमालेको यो अडानमा सरकारी पक्ष सहमत हुन नसकेपछि आयोग गठन हुन सकेको थिएन।