काठमाडौं– कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपालको क्रिकेटमा देशको मुहार हेर्न सकिने बताएका छन। नेपाल क्रिकेट सङ्घको केन्द्रीय साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘‘क्रिकेटमा देशको मुहार हेर्न सकिन्छ। यो समावेशिता, यो विविधतामा एकता कानूनी रूपमा निर्दिष्ट गरिएको कुनै आरक्षण नभएर खेलप्रतिभाको स्वतःस्फूर्त प्रस्फुरणका कारण सम्भव भएको हो । यसर्थ, क्रिकेटले राष्ट्रियता र राष्ट्रप्रेम उजागर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विषय जगजाहेर छ।’’