संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर पर्‍यो : रमेश लेखक - Chaitanya News
  • 2026-11-16
  • 14:33:35
  • सोमबार,मंसिर ०१, २०८३
  • संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर पर्‍यो : रमेश लेखक

    संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर पर्‍यो : रमेश लेखक

    काठमाडौँ– नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन्। अनज (बशुक्रबार) पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन्। यस्तै उनले प्रमुख सचेतक लेखकले संसदमा निरन्तर अवरोध हुने स्थिति बनिराखेको समेत बताए।

    ‘प्रमुख प्रतिपक्ष ज्यादा एग्रेसिभ र अधैर्य भएर प्रस्तुत भइराख्या छ’ प्रमुख सचेतक लेखकले भने। उनले यस अगाडिको केन्द्रीय समितिको बैठकमा पनि संसदमा निरन्तर अवरोध हुँदा कामकारबाहीमा असर परेको बताएका थिए।

    शुक्रबार पनि दोहोर्‍याउँदै उनले भने, ‘संसदको चालू अधिवेशनमा ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएका छन्।’

    लेखकले के कस्ता विषयमा संसद अवरोध भएको पनि ब्रिफिङ गरे। ६–७ वटा विषयमा बैठकमा अवरोध भएको स्मरण गर्दै उनले स–साना विषयलाई लिएर समेत बैठकमा अवरोध गर्ने प्रवृत्ति देखा परेको बताए।