आज हुने वार्ताले समाधान निकाल्छ : मन्त्री गुरुङ - Chaitanya News
  • 2026-05-03
  • 04:46:08
  • शनिबार,बैशाख १९, २०८३
  • आज हुने वार्ताले समाधान निकाल्छ : मन्त्री गुरुङ

    आज हुने वार्ताले समाधान निकाल्छ : मन्त्री गुरुङ

    काठमाडौँ– कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शिक्षकहरूसँगको वार्तामा आज सहमति जुट्ने बताएका छन। आज (शुक्रबार) सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे उनले आज हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गरेका छन्।

    यस्तै उनले भने हामीले शिक्षकहरूका सबै मागका विषयमा छलफल गरेर अन्तिम टुङ्गो लगाउँछौं। आजको वार्तामा सहमति जुट्छ।’

    मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका छन्।