शिक्षकहरूको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त - Chaitanya News
  • 2026-05-03
  • 04:46:50
  • शनिबार,बैशाख १९, २०८३
  • शिक्षकहरूको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    शिक्षकहरूको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    काठमाडौँ– शिक्षकहरूको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म चल्ने सडकमा सवारीसाधन चलेका छैनन्।

    शिक्षकहरूको ठूलो भीडका कारण सर्वसाधारणहरू सास्ती भोग्न बाध्य भएका छन् भने आन्दोलनकै कारण सार्वजनिक सवारीसाधन नचल्दा हिँडेर गन्तब्यमा पुग्ने गरेका छन्। संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक विरुद्ध हिजो पनि आन्दोलन हुँदा सवारीसाधन सञ्चालन अस्तव्यस्त बनेको थियो।

    नेपाल शिक्षक महासङ्घका अनुसार आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने छ। देशभरबाट एक लाख भन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको शिक्षक महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीको दाबी छ।