माध्यमिक तह तर्फ सिन्धुलीको कमला मावि बन्यो देशकै उत्कृष्ट सामुदायिक विद्यालय - Chaitanya News
  • 2026-05-03
  • 04:42:50
  • शनिबार,बैशाख १९, २०८३
  • माध्यमिक तह तर्फ सिन्धुलीको कमला मावि बन्यो देशकै उत्कृष्ट सामुदायिक विद्यालय

    माध्यमिक तह तर्फ सिन्धुलीको कमला मावि बन्यो देशकै उत्कृष्ट सामुदायिक विद्यालय

    काठमाडौँ– माध्यमिक तहतर्फ सिन्धुलीको कमला मावि देशकै उत्कृष्ट विद्यालय बनेको छ।

    २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा कमला मावि राष्ट्रिय स्तरमै उत्कृष्ट भएको हो। राष्ट्रिय शिक्षा दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा सम्मान गरिएको छ।

    उक्त विद्यालयले नगद ३ लाख रुपैयाँ, राष्ट्रिय शिल्ड र ध्वजा तथा प्रमाणपत्र प्रदान गरिएको हो।

    सामुदायिक तर्फ सिन्धुलीकै कमला माविले द्वितीय स्थान हासिल गरेको छ । उक्त विद्यालयले नगद २ लाख रुपैयाँ, राष्ट्रिय शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको हो।

    त्यस्तै सल्यानको नारायण मावि तृतीय भएको छ । उसले नगद १ लाख रुपैयाँ, राष्ट्रिय ध्वजा र प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कृत हुने सबैलाई कार्यावाहक प्रधानमन्त्री रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक कुमार राई लगायतले पुरस्कार प्रदान गरेका हुन्।