एलआरआइ स्कुल कलंकीले गर्‍यो जापानका विभिन्न शैक्षिक संस्थासँग विद्यार्थी-शिक्षक आदान प्रदानको सहमती - Chaitanya News
  • 2026-05-03
  • 04:41:43
  • शनिबार,बैशाख १९, २०८३
  • एलआरआइ स्कुल कलंकीले गर्‍यो जापानका विभिन्न शैक्षिक संस्थासँग विद्यार्थी-शिक्षक आदान प्रदानको सहमती

    एलआरआइ स्कुल कलंकीले गर्‍यो जापानका विभिन्न शैक्षिक संस्थासँग विद्यार्थी-शिक्षक आदान प्रदानको सहमती

    काठमाडौं- ओकिनावा शिक्षा विभाग जापान र नेपालको एलआरआइ विद्यालयबीच विद्यार्थी शैक्षिक आदानप्रदान गर्ने सहमाति भएको छ।

    जापानको प्रिफेक्चुरल एजुकेशन बोर्ड, ओकिनावा तथा ओकिनावा प्रिफेक्चुरल चान्टन सिनियर हाई स्कुल जापान, ओकिनावा शिक्षा विभागको निमन्त्रणामा जापान भ्रमणमा गएको एलआरआई विद्यालयका पदाधिकारीसँगको भेटमा उक्त सहमति भएको हो।

    जापानको ओकिनावा शिक्षा विभागले एलआरआइ विद्यालयको सहकार्यमा नेपालका ग्रामिण क्षेत्रका विद्यालय र विद्यार्थी लक्षित शैक्षिक गतिविधिमा सहयोग गर्न इच्छुक रहेको बताएको छ। भेटका क्रममा विद्यालयका प्रिन्सिपल डा. देवकान्त जोशीले नेपालको शिक्षा नीति र शैक्षिक क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गरेका छन्।

    भेटमा जापानको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरी एलआरआइ विद्यालयसँग विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गरिने प्रतिवद्धता जनाइएको छ। एलआरआइ विद्यालयले यसअघि नै विश्वका १८ देशका विद्यालयबीच शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको छ।

    यस्तो कार्यले आफ्ना विद्यालयमा अध्यययनरत विद्यार्थीहरूलाई ग्लोबल सिटीजनको अवधारणामा उत्प्रेरित गर्ने विश्वास लिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए। भ्रमणका क्रममा प्रतिनिधि मण्डलले ओकीनावका चान्टन सिनियर हाइस्कुल जापान र ओकीनावा शिक्षा विभागले स्थापना गरेको विशाल पुस्तकालयको अवलोकन गरेको छ।

    यो पुस्तकालयमा विभन्न देशको पुस्तकलाई राखिएको छ। एलआरआइ विद्यालयले नेपाल सम्बन्धी पुस्तक उपलब्ध गराएमा पुस्तकालयमा नेपाल बुक कर्नर राख्ने सहमति भएको छ। यसले देशकै प्रतिष्ठा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैगरि भ्रमणका क्रममा जापानको अन्य विद्यालयहरुको पनि अध्ययन भ्रमण गरीएको थियो। जापानको शैक्षिक भ्रमण टोलीको नेतृत्व विद्यालयका गुठीयार यशोधरा पन्तले गरेकी थिइन्।

    यस्ता छन् विद्यालयले हासिल गरेका उपलब्धिहरू

    – ओकिनावा शिक्षा विभाग भ्रमण अवलोकनपछि ओकिनावामा रहेको एमिकश इन्टरनेशल स्कूल (अंग्रेजी माध्यमबाट पढाइ हुने स्कूल)सँग विद्यार्थी आदानप्रदान गर्ने सहमति र शिक्षक आदानप्रदानका विषयमा कुराकानी।

    LRI School Visited at Okinawa AMICUS International School, Japan.

    – ओकिनावामा रहेको Ryukus University सँग कलेजस्तरिय विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उक्त विश्वविद्यालयको डिनसँग विशेष भेटघाट र द्धिपक्षिय कुराकानी भयो। नेपाल मा प्लस्टु पास गरी सकेपछि स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गरी सो विश्वविद्यालयसँत कुराकानी अगाडि बढाएको छ। साथै नेपालका माध्यामिक विद्यालयका शिक्षकहरूलाई Teachers Training गर्न सघाउने विषयमा पनि सहमती भएको छ।


     LRI School Visited at Ryukus University, Japan.

    – एलआरआइ स्कूलले शैक्षिक सत्र (२०८०-८१)देखि नेपालमा नै पहिलो पटक डिजिटल प्रविधिबाट सिकाइने KUMON कक्षा सञ्चालन गरिरहेको छ। KUMON सिकाइले विद्यार्थीहरूलाई आधुनिक प्रणालीमा आवद्ध गरी उनीहरूलाई सजिलो माध्यमबाट गणित सिकाइन्छ। हाल विद्यालयले कक्षा ३ र ४ मा KUMON कक्षा सञ्चालन गरिरहेको छ। टोकियोस्थित KUMON प्रतिनिधि मण्डलले एलआरआइ नेपालको प्रतिनिधि मण्डललाई हार्दिक स्वागत गरेको छ।


    LRI School Visited at Kumon Headquater Tokyo, Japan

    – भाद्र २१ गते बिहीबार टोकियोमा जापानमा नै नेपाली पाठ्यक्रम तथा नेपाली शैक्षिक क्यालेण्डरलाई आधार बनाएर स्थापित गरेको स्कुल एभरेष्ट इन्टरनेशनल स्कुल भ्रमण अवलोकन।

    एभरेष्ट इन्टरनेशनल स्कुलद्वारा एलआरआइ स्कुल काठमाडौंका पदाधिकारीको जापानमा गरिएको स्वागत साथमा एभरेष्ट इन्टरनेशनल स्कुल अध्यक्ष श्री भवन भट्ट, एलआरआइ स्कुल संस्थापक गुठियार श्रीमती यशोधरा पन्त, प्राचार्य देवकान्त जोशी, प्रशासकीय प्रमुख दिपक जोशीलगायतको टिम।

    – एभरेष्ट इन्टरनेशनल स्कुलका संस्थापक अध्यक्ष श्री भवन भट्टद्वारा उक्त स्कुलमा स्वागत भएको थियो। पूर्व NRNA को अध्यक्षसमेत रहेका भवन भट्टलगायत अन्य लगानीकर्ताको साझेदारीमा यो स्कुल जापानमा स्थापना गरिएको हो।
    – हाल पूर्वप्राथमिक कक्षादेखि कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालय नेपाल बाहिर खुलेको पहिलो नेपाली विद्यालय हो। एलआरआइ स्कुल कलंकी काठमाडौं र एभरेस्ट इन्टर्नेशनल स्कुल जापानबीच भगिनी सम्बध कायम रहि आएको छ।
    – जापानको ओकिनावा र टोकियोमा रहेका शैक्षिक संस्थासँग भएका शैक्षिक गतिविधि र दिपक्षीय सहकार्यका बारेमा भ्रमणको अन्तिम दिन अर्थात भाद्र २१ गते बिहीबार एलआरआइ स्कुलका प्रतिनिधि मण्डलले जापानमा रहेको नेपाली राजदुतावास भ्रमण गर्‍यो।

    जापानको ओकिनावा र टोकियोका शैक्षिक संघ संस्थाहरूसँग भएका आपसी कुराकानी र सहमतिका बारेमा नेपाली राजदुत श्री दुर्गा बहादूर सुवेदी र Deputy Chief of Mission श्री अम्बिका प्रसाद जोशीलाई जानकारी गराई सकेपछि लिईएको सामुहिक तस्बिर

    – विद्यालयका गुठियार श्रीमती यसोधरा पन्त र प्राचार्य डा. देवकान्त जोशीले जापानको ओकिनावा र टोकियोका शैक्षिक संघ संस्थाहरूसँग भएका आपसी कुराकानी र सहमतिका बारेमा नेपाली राजदुत श्री दुर्गा बहादूर सुवेदी र Deputy Chief of Mission, Japan श्री अम्बिका प्रसाद जोशीलाई जानकारी गराउनु भयो। राजदुत श्री दुर्गा बहादुर सुबेदीले आफू बेलायतको राजदुत रहदा एलआरआइ स्कुलले बेलायतका शैक्षिक संघ संस्थाहरूसँग पनि विभिन्न शैक्षिक आदान प्रदान गर्ने सहमति गरेको स्मरण गराउँदै एलआरआइ स्कुलले आफ्ना विद्यार्थीलाई ग्लोवल सिटीजनको अवधारणामा लगाउन गरेको प्रयास र शिक्षा क्षेत्रमा खेलेको भूमिकाप्रति विद्यालयको प्रशंसा गर्नु भयो।
    – राजदुत सुबेदीले नेपालको शिक्षा क्षेत्रमा एलआरआइ स्कुलले खेलेको अग्रणी भूमिकाको प्रसंशा गर्दै अन्तरास्ट्रिय शैक्षिक आदान प्रदान कार्यक्रममा विद्यालयलाई हरतरहले सहयोग गर्ने कुरा ब्यक्त गर्नु भयो र निकट भविष्यमा एलआरआइ स्कुलसँगको सहकार्यमा नेपाल-जापान शैक्षिक कार्यक्रम/मेलाको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। उक्त भेटमा Deputy Chief of Mission, Japan अम्बिका प्रसाद जोशी, एलआरआइ स्कुलका प्रशासकीय प्रमुख दिपक जोशी तथा विधालयका जापानस्थित अभिभावक दिनेश रेग्मीलगायतको उपस्थिति रहेको थियो।
    – एलआरआइ विद्यालय भ्रमण प्रतिनिधि मण्डल भाद्र २२ गते शुक्रबार नेपाल फर्केको छ।