जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जना मात्र पास - Chaitanya News
  • 2026-05-03
  • 04:41:04
  • शनिबार,बैशाख १९, २०८३
  • जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जना मात्र पास

    जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जना मात्र पास

    काठमाडौं– जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन्।

    गत जेठ २६ गते न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित परीक्षा दिएका थिए। उनीहरुमध्ये पारसमणि पोखरेल मात्र उतीर्ण भएका हुन्। उनको अन्तर्वार्ता सोमबार हुँदैछ ।

    २९ जना जिल्ला न्यायाधीशका लागि गरिएको विज्ञापनमा आन्तरिक खुलामा १५ जना, खुला प्रतियोगितामा ७ जना, महिला २, आदिवासी जनजाति २, मधेशी २ र दलित १ जना माग गरिएको थियो ।

    पोखरेलले आन्तरिक खुलाको १५ र खुला प्रतिस्पर्धाको ७ पदमा प्रतिस्पर्धा गरेका थिए । न्याय सेवाको न्यायप्रशासन समूहका पोखरेल सर्वोच्च अदालतमा कार्यरत छन् ।

    अन्य कुनै पनि पदमा प्रतिस्पर्धा गरेका परीक्षार्थी उतीर्ण हुन सकेनन् । न्याय सेवा आयोगले गरेको विज्ञापन अनुसारको परीक्षा भने लोकसेवा आयोगले लिँदै आएको छ ।

    जिल्ला न्यायाधीशको परीक्षामा परीक्षार्थीले चारवटा पत्रको जाँच दिनुपर्छ । जसमध्ये ३ वटा सैद्धान्तिक विषयमा र एउटा आदेश तथा फैसला लेखन सीप परीक्षणको पत्र हुन्छ ।