प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता-२०८० मा भ्याली भ्यु स्कुल प्रथम - Chaitanya News
  • 2026-05-03
  • 04:42:16
  • शनिबार,बैशाख १९, २०८३
  • प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता-२०८० मा भ्याली भ्यु स्कुल प्रथम

    प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता-२०८० मा भ्याली भ्यु स्कुल प्रथम

    काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काठमाडौँले नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा आयोजना गरेको प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता-२०८०मा मध्य-बानेश्वरस्थित भ्याली भ्यु स्कुल प्रथम भएको छ।

    १०औँ संस्करणको उक्त प्रतियोगितामा सहभागी ६५ ओटा विद्यालयको सुललित प्रस्तुतिमध्ये भ्याली भ्यु स्कुल प्रथम भएको हो। विद्यालयले नगद २० हजारका साथै मेडल र उपाधि शिल्ड जितेको छ।

    विद्यालयले प्राप्त गरेको यस सफलतामा अतिरिक्त क्रियाकलाप विभागअन्तर्गत नृत्य विभाग प्रमुख दिपेश माझीलगायत अन्य प्रशिक्षक तथा कलाकार विद्यार्थी भाइबहिनीहरूले गरेको मिहिनेतको विद्यालयका प्रिन्सिपल सुभाषचन्द्र भण्डारीले खुलेर प्रशंसा गरेका छन्। उनले भ्याली भ्यु स्कुलका विद्यार्थीहरूलाई पढाइमा अब्बल एवम् अतिरिक्त क्रियाकलापमा प्रखर बनाउने जमर्कोका साथ विद्यालयले काम गरिरहेको बताए।

    विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सन्तोष चापागाईंले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने क्रियाकलापहरूको आयोजना र सहभागिताबाट समय सापेक्षरूपमा अनेक किसिमका प्रतिभाको निर्माण हुने विश्वासका साथ भ्याली भ्यु स्कुलले अतिरिक्त क्रियाकलापलाई जोड दिइरहेको बताए।

    प्याब्सन, जिल्ला कार्यसमिति काठमाडौंले तीजको अवसर पारेर अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता गर्दै आएको छ। विगतका वर्षझैँ यस वर्ष पनि उक्त प्रतियोगितामा विद्यालयहरूको उत्साहजनक सहभागिता तथा धेरै ठूलो प्रतिस्पर्धा रहेको थियो।


    May be an image of 8 people and text

    May be an image of 9 people and text

    May be an image of 10 people, people dancing and text