नासुका आँसु देख्नुभएन? भन्दै प्रधानमन्त्रीलाई पठाए निजामती कर्मचारीहरुले एसएमएस - Chaitanya News
  • 2026-05-03
  • 03:36:03
  • शनिबार,बैशाख १९, २०८३
  • नासुका आँसु देख्नुभएन? भन्दै प्रधानमन्त्रीलाई पठाए निजामती कर्मचारीहरुले एसएमएस

    नासुका आँसु देख्नुभएन? भन्दै प्रधानमन्त्रीलाई पठाए निजामती कर्मचारीहरुले एसएमएस

    काठमाडौँ– निजामती कर्मचारीहरूले आाफुना मागहरु सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस पठाएका छन्। आज (शुक्रबार) एसएमएस कर्मचारीहरूले प्रधानमन्त्रीको मोबाइलमा पठाएका छन्।

    ‘सम्माननीय प्रधानमन्त्रीज्यू, नासुका सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गर्न लागेकोले प्रधानमन्त्रीलाई एसएमएस पठाइएको हो। मन्त्रिपरिषद्ले पारित गरेको विधेयक सरकारले संघीय संसदमा पेश गर्ने तयारी गरेको छ।

    तर विधेयकमा माग सम्बोधन नभएको पाइएको भन्दै प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघीय मामिला मन्त्री र मुख्य सचिवलाई एसएमएस पठाइएको एक कर्मचारीले बताएका छन्।

    राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानको पहलमा देशभरबाट कर्मचारीले विभिन्न माग राखेर एसएमएस पठाएका हुन्।

    माग पूरा नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने उनीहरूले बताएका छन्।

    निजामती सेवा अधिकृतमुखी बनाउँदै ५ वर्ष सेवा अवधि भएकालाई १ तह र १० वर्ष सेवा अवधि भएकालाई २ तह वृद्धि सहित तीनै तहमा तहगत प्रणाली लागु गर्न उनीहरूले माग गरेका छन्।

    अधिकृत तहको सेवा प्रवेश बिन्दु छैटौँ तहलाई कायम गरिनुपर्ने माग उनीहरूको छ।

    छैटौँ अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुला, १० प्रतिशत बढुवा र आन्तरिक–अन्तर तह प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ।

    चौथो तहको पदपूर्तिमा ७० प्रतिशत खुल्ला, २० प्रतिशत बढुवा र १० आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग पनि उनीहरूको छ।

    अन्य पदमा हालको व्यवस्था यथावत कायम गरिनुपर्ने र तोकिएको सेवा अवधि तथा शैक्षिक योग्यता भएका राजपत्र अनङ्कित कर्मचारीलाई एघारौँ र नवौँ तहको खुला प्रतिस्पर्धामा सहभागी हुन रोक्न नहुने माग उनीहरूले राखेका छन्।

    एक पटकलाई समायोजनको पुनरावलोकन व्यवस्थासहित प्रदेश र स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था गरिनुपर्ने र सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाउन कर्मचारीहरूले माग गरेका छन्।आँसु देख्नु भएन?