काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरूको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन्।
एसियाडमा जाने खेलाडीहरूको बिदाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै प्रधानमन्त्रीले यसअघि घोषणा भएको पुरस्कार आजसम्म पनि नपाएको भन्ने आफूलाई जानकारी रहेको समेत बताए। उनले भने, ‘केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु।
नियमावलीको अभावका कारण निकासामा ढिला भएको उनले सुनाए। तर अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट आज बिहीबार मात्र खेलकुद मन्त्रालयमा पुगेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले अघि भने, ‘भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ।
उनले आफ्नो चीन भ्रमणका क्रममा खेल पूर्वाधार निर्माणलाई एजेण्डा बनाउने समेत बताएका छन्।