कति सुत्ने? - Chaitanya News
  • 2026-05-03
  • 18:17:56
  • आइतबार,बैशाख २०, २०८३
  • हरेक मानिसलाई निन्द्राको आवश्यकता पर्छ। तर सबै मानिसलाई फरक–फरक किसिमको निन्द्राको आवश्यकता पर्ने गर्छ। यदि हामीलाई निन्द्रा पुगेको छैन भने सहजै थाहा पाउँछौं। तर आवश्यक निन्द्रा भनेको कति हो त ? त्यो पनि तपाईंको उमेरमा भर पर्ने कुरा हो।

    नियमित नसुत्ने, मदिरा, कफि, इनर्जी डिं«क्सजस्ता पेय पदार्थको सेवन, अर्लाम घडी जस्ता कुराहरुले मानिसलाई प्रभाव पर्ने गर्छ। उमेरअनुसार व्यक्तिको निन्द्राको आवश्यकता उसको जीवनशैलीमा आधारति हुने गर्छ।

    तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्नेगर्छ।

    नवजात (०–३ महिना) भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ भण्टा सुत्नुपर्छ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निन्द्रा पुग्छ, तर १९ घढटाभन्दा बढि सुत्न दिनु हुँदैन्।

    शिशु (४–११ महिना) यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निन्द्रा हो। कम्तीमा १० घण्टासुत्दा पनि निन्द्रा पुग्छ, तर शिशुहरुलाई १८ घण्टाभन्दा बढि कहिल्यै सुत्न दिनु हुँदैन।

    वामे सर्नेहरु (१–२ वर्ष) यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नुपर्छ। यिनीहरु कम्तीमा ९ देखि १५ घण्टाको निन्द्रा हो।

    विद्यालय जानु अघिका (३–५ वर्ष) विशेषज्ञहरुले यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नुपर्ने बताएका छन्। तर, ८ घण्टाभन्दा कम र १४ घण्टाभन्दा बढि निन्द्रा यिनीहरुलाई उपयुक्त हुँदैन।

    स्कुले उमेरका (६–१३ वर्ष) यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टाभन्दा कम र १२ घण्टाभन्दा बढिको निन्द्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन।

    किशोरकिशोरी (१४–१७ वर्ष) किशोरकिशोरहिरुका लागि सुझाएको निन्द्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढि र ७ घण्ठाभन्दा कम सुत्नु उपयुक्त नहुने जनाएको छ।

    युवा (१८–२५ वर्ष) युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। यिनीहरुले ६ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि सुत्नु हुँदैन।

    वयस्क (२६–६४) वर्ष यो उमेरका समूहका लागि सुझाएको निन्द्राको अवधि युवाहरुको लागि जस्तै हो।

    वृद्व (६५ वर्ष भन्दामाथि) यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७÷८ घण्टाको निन्द्रा स्वस्थ मानिएको छ। तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ ९ घण्टाभन्दा बढि सुत्नु हुन्न।