काठमाडौँ– नेपालमा २४ हजार ८४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७५ जिल्लामा संक्रमण देखिएको छ।
डेंगु नियन्त्रणका लागि ‘बीटीआई’ सही रुपमा प्रयोग गर्न ईडीसीडीद्वारा जारी गरिएको कार्यविधिमा उल्लेख गरिएको छ। बीटीआई माटोमा पाइने जैविक वा प्राकृतिक रूपमा हुने व्याक्टेरिया हो।
डेंगु नियन्त्रणका लागि बीटीआई पोखरी, ताल, खोला र खोलाजस्ता जलस्रोतहरूमा छर्कन सकिने महाशाखा निर्देशक डा. रुद्र प्रसाद मरासिनीद्वारा हस्ताक्षरित कार्यविधिमा उल्लेख गरिएको छ। बीटीआई पानीमा प्रयोग गरेर लामखुट्टेको वृद्धिविकास रोक्न प्रयोग गरिन्छ।
बीटीआई कहाँकहाँ छर्किने?
–लामखुट्टेको लार्भा पाइने ठाउँमा
–बीटीआई पानी जम्मा हुनसक्ने ठाउँहरू जस्तै कन्टेनरहरूमा, घर वरिपरि, फूलका भाँडाहरू, टायरहरू र चराहरूले स्नान गर्ने ठाउँमा, पानी धेरै हुने ठाउँ पोखरी, ताल र सिँचाइका कुलो तथा खाडलहरूमा पनि प्रयोग गर्न सकिन्छ।
बीटीआईले कसरी काम गर्छ?
लामखुट्टेको लार्भाले बीटीआई खाएपछि बीटीआई स्पोरले पेटमा विषाक्त पदार्थ छोड्ने गर्छ। जसले गर्दा लार्भाले सामान्य रुपमा खाना खान छोड्छ र मर्छ। बीटीआईले सक्रिय रूपमा खाने लार्भाविरुद्ध मात्र प्रभावकारी रुपमा काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
यद्यपि बीटीआईले लामखुट्टेको प्युपा वा वयस्कहरूलाई भने कुनै पनि असर गर्दैन।
बीटीआई कसरी प्रयोग गर्ने?
लार्भा नष्ट गर्ने बीटीआई बजारमा धेरै रूपमा विक्री वितरण हुने गर्छ। जस्तै, डन्क्स, ट्याब्लेटहरू, ब्रिकेटहरू, गोलीहरू, दानाहरू, वा तरलसहित आउने गर्छ। बीटीआई जस्तो रुपमा भए पनि प्रत्येक हप्ता पानी खाली गर्न, ढाक्न वा पल्टाउन नसकिने कन्टेनरहरूमा प्रयोग प्रयोग गर्न सकिन्छ। जस्तै वर्षा ब्यारेल, झरना, सजावटी पोखरीहरू र प्रयोगमा नभएका पोखरीहरू गर्न सकिन्छ।
वातावरणमैत्री छ कि छैन?
लामखुट्टेको लार्भा नष्ट गर्नका लागि प्रयोग गरिने बीटीआई वातावरणका लागि हानिकारक भएको विभिन्न अध्ययनहरूले देखाएको छ। बीटीआई स्तनपायी, चराहरू र माछाहरूको लागि गैर–विषाक्त हुन्छ। केही अध्ययनहरूले सिमसारमा २–३ वर्षको अवधिमा बीटीआईको निरन्तर प्रयोगले जैविक विविधताको समग्र ह्रास निम्त्याउन सक्ने देखाएको इडीसीडीले जनाएको छ।
![]()