सामाजिक लोकतन्त्रको अवधारणा विकास भएपछि र जनतामा शासकीय चेतनाको र सीप विकास भएपछि सार्वजनिक निकायबाट सम्पादित कामको लाभग्राही नागरिक आफैले मूल्याङ्कन गर्न थालेका छन्। ती विधिहरू के के हुन् ? संक्षिप्त प्रकाश पार्नुहोस्। १०
आधुनिक लोकतन्त्र सामाजिक लोकतन्त्र हो जहाँ आफ्ना लागि गरिने विकास कार्यमा स्वयम लाभग्राहीबाट गरिने अनुगमन, मूल्यांकन, पैरवी, सल्लाह र प्रतिक्रिया दिन नागरिक इच्छुक, सक्षम र आतुर छन्।
सार्वजनिक कार्यको नागरिक मुल्यांकन विकास व्यवस्थापनलाई जनमुखी बनाउने अभियानको अभिन्न भाग हो।
यो विकास आयोजनाका लाभग्राही आयोजनाको विभिन्न पक्षमा संलग्न भै उनीहरूको आवश्यकता चाहना Reflect गराउने विधि हो।
यसले नागरिकलाई सशक्तिकृत र व्यवस्थापनलाई जवाफदेही बनाउछ।
साठीको दशकमा विकासमा नागरिक सहभागिताको अवधारणा स्थापित भपछि नागरिकहरू आफूलाई प्रभाव पर्ने पक्षमा संलग्न हुन थाले।
यो विकासलाई जनकेन्द्रीत बनाउने सामाजिक अभियान्ताहरूको आन्दोलनको परिणम पनि हो।
संगठनभित्रबाट परीक्षण गर्दा स्थापित सिद्धान्त र मानकहरूलाई आधार लिइन्छ तर प्रभावित सर्वसाधारणलाई पर्याप्त र प्रत्यक्ष संलग्न गराइन्न। यो विज्ञ र कानूनी पक्षको मूल्यांकन, हो।
नागरिक मूल्यांकनमा सार्वजनिक निकाय र प्रभावित सर्वसाधारणहरू प्रत्यक्ष रूपमा संलग्न रही संयक्त रूपमा विवेचना गर्दछन्।
नागरिकहरू प्रायतः यी विधिहरू मार्फत सार्वजनिक कार्यको मूल्यांकनमा संलग्न हुन्छन्:
सामाजिक परीक्षण:
सामाजिक उपलव्धिको बोध गर्ने, मापन गर्ने, प्रतिवेदन गर्ने र अन्ततः संगठनको उपलव्धि र नैतिक पक्ष सधार गर्ने काम नै सामाजिक परीक्षण हो।
संगठन वा कार्यक्रमको उद्देश्य र वास्तविकताबीच फरक हटाउने र कार्यकुशलता एवम् प्रभावकारिता विस्तार गर्ने संयुक्त विधि हो।
सामाजिक परीक्षणले सामाजिक आवज (सीमान्तकृतको समेत) लाई शासकीय प्रक्रियामा उन्नयन गरी प्रभावकारिता र बैधता विस्तार गर्दछ, विकासका लागि चाहिने स्रोत साधनको आवश्यकता र उपलव्धताको विवेचना गर्दछ, स्थानीय आवश्यकता र संभावनाका बारेमा लाभग्राही र सरकारी पदाधिकारीलाई सचेतना गर्दछ, विकास व्यवस्थापनमा कार्यदक्षता र प्रभावकारिता बढाउदछ र नीति तथा निर्णयमा सरोकारवालाहरूको आवाज उपलव्ध गराउदछ।
सार्वजनिक परीक्षण :
सार्वजनिक परीक्षण र सामाजिक परीक्षणमा धेरै भिन्नता पाइन्न। सार्वजनिक परीक्षण नागरिकका तर्फबाट सार्वजनिक क्रियाकलापको परीक्षण, अनुगमन, मूल्यांकन र विवेचना गर्ने विधि हो, सामाजिक परीक्षणमा साझेदारी समेत गरिन्छ।
सार्वजनिक परीक्षण विकासमा गैरसरकारी संस्था र नागरिक समाजको सलग्नता बढेपछि महत्व पाएको विषय हो।
नेपाल, भारत लगायतका मुलुकहरूमा सामाजिक परीक्षण र सार्वजनिक परीक्षणलाई समअर्थीका रूपमा लिने गरिन्छ।
स्थानीय स्तरका रु १ करोडसम्म लगानीका आयोजनामा सार्वजनिक परीक्षणको कानूनी व्यवस्था पनि छ।
स्थानीय स्तरका अयोजना वा विकास व्यवस्थापनमा एभयउभिक बगमष्तको चलन रहन्छ। सार्वजनिक कार्यकालागि नागरिक विवेचनाको कार्य हो।
नागरिक वडा मञ्च, सहजीकरण समिति, सहयोग समिति, समन्वय समिति, संघर्ष समिति, उपभोक्ता समिति, GESI Panel, Environment watch group, Citizen Ombudsman आदि नाममा Civic Audit Panel वा Audit Panel गठन हुने गर्दछ र परीक्षण पश्चात प्रतिवेदन सार्वजनिक गर्दछ।
सार्वजनिक सुनुवाई :
सर्वसाधारण र सार्वजनिक पदाधिकारी खुल्ला रूपमा एकै स्थानमा जम्मा भै नागरिकका तर्फबाट खास कार्यमा जानकारी र स्पष्टताको माग, विचार विमर्श, सुझाव, पृष्ठपोषण लिने तरिका सार्वजनिक सनवाई हो।
सार्वजनिक सुनुवाई सान्दर्भिक विषयमा गरिन्छ जहा सार्वजनिक चाख अतिक्रमण वा भ्रष्टाचार, अपव्यय हने संभावना रहेको हन्छ।
सार्वजनिक कोषको उदपयोग, जवाफदेहिता प्रवद्र्धन र खास विषयमा निष्कर्षमा पुग्न सार्वजनिक सुनुवाई गरिन्छ।
नेपालमा उपभोक्ता समिति, वातावरण प्रभाव मूल्यांकन, सामाजिक प्रभाव मूल्यांकन, जग्गा प्राप्ति जस्ता कार्यहरूबाट शुरु भै विगत चार दशकदेखि जवाफदेहीता प्रवद्र्धनका लागि प्रचलनमा छ।
तेस्रो पक्ष अनुगमन :
कार्यक्रम वा परियोजनाका सञ्चालन र लाभग्राही श्रृंखलाभन्दा परका समुदायबाट सञ्चालन, प्रतिफल, असर, प्रभावका विषयमा गरिने मूल्यांकन गर्ने विधि हो।
कार्यक्रम वा आयोजना आग्रहबाट पर राखी स्वतन्त्र अनुगमन गर्ने गरिन्छ।
नागरिक समाज, विज्ञ समूह, थिंक ट्यांक, आमसञ्चार र फर्महरू जस्ता तेस्रो पक्षबाट अनुगमन गर्ने प्रचलन छ।
स्वतन्त्र रूपमा सुन्ने र देख्ने काम नै तेस्रो पक्ष अनुगमन हो।
कार्यक्रमका बैधता र विस्वास बढाउन तेस्रो पक्ष अनुगमन आवश्यक मानिन्छ।
लक्ष्य र उपलव्धिको बास्तविक अवस्था देखाउने संयन्त्र।
सार्वजनिक जवाफदेहिता र आयोजना व्यवस्थापनको सन्तुलन हो।
यो नियमित अनुगमनको विकल्प नभै परिपुरकका रूपमा रहन्छ।
उल्लिखित विधि बाहेक सामाजिक सञ्जाल प्रयोग, डिजिटल अन्तरक्रिया, पृष्ठपोषण, नागरिक अभियान्ता परिचालन, आमसञ्चार उपयोगबाट पनि सार्वजनिक कार्यको नागरिकबाट विवचेना गर्ने काम हुन्छ। चाहे
जेजस्तो विधि र संयन्त्र उपयोग भए पनि यसले प्रत्यक्ष जवाफदेहिता विस्तार गरी सरकारको कामप्रति जनताको अपनत्व विस्तार गर्दछ।
सार्वजनिक जिम्मेवारी तथा सरकारमा रहेने सार्वजनिक प्रशासनमा आचारणलाई कसरी लिइन्छ? नेपालको निजामती सेवामा आचरण तथा अनुशसान सम्बन्धी विद्यमान व्यवस्थाको संक्षिप्त उल्लेख गर्नुहोस्। (५+५) १०
– सार्वजनिक पेशामा रहदा खास मान्यता र व्यवहारको अवलम्वन गर्नुपर्ने हुन्छ।
– यसले सार्वजनिक प्रशासनको आदर्श र मूल्यलाई प्रणालीवद्ध गर्दछ।
– आचरणलाई पेशाबाट सेवाग्राहीले गर्ने अपेक्षाका रुपमा लिइन्छ।
– सर्वसाधारणको विश्वास र वैधता प्राप्त गर्ने आधार हो।
– सार्वजनिक जीवन अवलम्वन गर्ने व्यक्तिले राजनैतिक तटष्थता, आर्थिक सदाचार, समाजिक दायित्व, व्यावसायिक इमान्दारिता देखाउनु पर्दछ। यिनै कुराको आधारमा नै आचरण र अनुशासनलाई व्यवस्थित गरिन्छ।
सार्वजनिक आचरणका सामान्य मान्यता :
जिम्मेबारी लिने ब्यक्तिहरू योग्य, इमान्दार र जवाफदेही हुनुपर्ने।
सांगठनिक कार्यनिष्ठा र सामाजिक रहनसहनमा समेत सदाचार र अनुशासनको पालना गरिनुपर्ने।
हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गरेको हुनुपर्ने।
राजनैतिक रुपमा मूल्य तटष्थता निर्वाह हुनुपर्ने।
जनताको शक्ति र थैलीको प्रयोगमा संबेदनशीलता प्रदर्शित हुनुपर्ने।
जनसेवक भएकोले जनता संगको प्रस्तुती बिनम्र र आग्रहरहित हुनुपर्ने।
– अमेरिकाको विक्स समिति र बेलायतको नोलन आयोगले सार्वजनिक जीवनका सात सिद्धान्त प्रतिपादन गरेका छन्। जसलाई आचारणका आधारमा लिन सकिन्छ :
स्वार्थहीनता : सार्वजनिक स्वार्थअनुरुप काम गर्नुपर्दछ। प्रयोग गरेको ओहदा र गरेको कार्यबाट सार्वजनिक स्वार्थमा कत्ति पनि आँच आउनु हुदैन र आफू वा सम्बन्धितको स्वार्थपूरा गर्न हुँदैन।
सदाचार : सार्वजनिक पदाधिकारीले काम गर्दा व्यक्तिगत लोभ, लालच र स्वार्थवाट अलग रहनु पर्दछ।
वस्तुपरकताः सार्वजनिक कार्यमा अपनाइएको कार्यविधि एवं कार्याधारमा वस्तुपरकता रहनु पर्दछ।
कुनै मनोगत आग्रहवाट प्रभावित हुनुहुँदैन।
जवाफदेहिता : सार्वजनिक पद र अधिकार प्रयोग गर्ने व्यक्तिले प्रयोग गरेको साधन, स्रोत तथा अधिकार एवं निरोपित भूमिकाप्रति उ स्वयं जवाफदेही हुनु पर्दछ।
खुलापना : लिइएका निर्णय, अपनाइएको आधार, प्रयोग गरेको साधन लगायतका कार्यहरूमा सरोकारवालाको पूर्ण पहूँच स्थापित गर्नुपर्दछ। सूचना खुला नगर्नु अपराध हो।
इमान्दारिता : पदीय भूमिका निर्वाह गर्दा पेशागत इमान्दारिताको उच्चतम प्रदर्शन गर्नुपर्छ।
नेतृत्वः यी आचरणको पालनमा उच्चतम उदाहरण पदाधिकारी स्वयम्वन्नु पर्दछ।
नेपालको प्रशासनमा आचरण र अनुशासन
कार्यालय कार्याविधिसम्बन्धी आचरण
– समय परिपालन र नियमितता,
– आज्ञा पालन,
– सरकारी कामकाजसम्बन्धी समाचार प्रकाशमा प्रतिवन्ध (पूर्व पदाधिकारी समेत)
– सेवा र पदअनुरूपको आचरण,
– राजनीतिक वा अवाञ्छित प्रभावबाट अलग,
– आफूभन्दा मुनिकालाई माया र माथिकालाई आदर,
– सरकारी कार्यालयलाई हानी नोक्सान पुर्याउनु नहुने,
– सेवाग्राहीप्रति मर्यादित व्यवहार,
– मादक पदार्थ सेवन र अभद्र व्यवहार गर्न नहुने।
राजनीतिक क्रियाकलापसम्बन्धी आचरण
राजनीतिमा भाग लिन नहुने,
सरकारको आलोचना तर्न नहुने,
निर्वाचनमा भाग लिन नहुने,
प्रदर्शन, हडताल, थुनछेक र घेराउ गर्न नपाइने,
कानुनबमोजिम बाहेका संस्थाको सदस्यता लिन नपाइने,
प्रतिनिधित्व गर्न प्रतिवन्ध,
देशको अखण्डता र सार्वभौमिकतामा आँच आउने गरी कुनै क्रियाकलाप गर्न नपाइने,
पेशागत हकहितका लागि ट्रेड युनियनको अधिकार।
आर्थिक आचरण
– सम्पत्ति विवरण दिनुपर्ने (सेवामा प्रवेश गर्दा र सम्पत्ति थपघट हुँदा),
– व्यापार व्यवसाय गर्न नहुने (सरकारकोस्वीकति बेगर बैंक वा कम्पनीको स्थापना र सञ्चालन, व्यापार व्यवसाय र अन्यत्र कुनै नोकरी गर्न नहुने)
– दान, उपहार, चन्दा सापट आदि लिनमा प्रतिवन्ध,
– आफू जिम्माका नगदी जिन्सी बुझाउनु पर्ने।
सामाजिक आचरण
– बाल विवाह, अनमेल विवाह र बहुविवाह गर्न नहुने,
– सबैप्रति शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने,
– यौनजन्य दुव्र्यवहार गर्न नहुने
– कसैलाई पनि यातना दिन नहुने
– सामाजिक व्यवहार सुधार ऐनअनुरूपको व्यवहार गर्नुपर्ने।
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100