आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल र युएई बीचको खेल रद्द - Chaitanya News
  • 2026-06-07
  • 02:12:26
  • शनिबार,जेठ २३, २०८३
  • आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल र युएई बीचको खेल रद्द

    आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल र युएई बीचको खेल रद्द

    काठमाडौँ– आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल र युएईबीचको खेल रद्द भएको छ।

    मलेसियाको क्वालालम्पुरस्थित सेलाङआजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समीकरण रहेको थियो। तर, खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाडेका हुन्।

    अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ।

    समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन्। आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ। त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ।

    ३ खेल जितेको हङकङ ६ अङ्कसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहीन भएपछि थाइल्याण्ड ५ अङ्कसहित दोस्रोमा छ।