नेपाल सरकारको कार्य सञ्चालन स्तर र केन्द्रीयस्तर लेखाको परिचय दिदै कार्यसञ्चालन लेखामा उपयोगमा ल्याइएका प्रमुख म ले प फारामहरु छोटकरीमा उल्लेख गर्नुहोस्। (५+५) १०
नेपालको वर्तमान लेखा प्रणाली अनुसार लेखा राख्ने कार्यलाई लेखा राख्ने निकायको प्रकृतिका आधारमा दुई भागमा विभाजन गर्न सकिन्छ।
क) केन्द्रीयस्तर लेखा : मातहतका निकायको लागि आगामी वर्षको बजेट तर्जुमा, बजेट पारित भैसकेपछि खर्चको अख्तियारी प्रदान, कार्यक्रम पारित गर्ने, वजेटको वाँडफाँड, रकमान्तर, मातहत कार्यालयबाट शीर्षकगत र स्रोतगत हिसाव लिने, शीर्षकगत र स्रोतगत आर्थिक विवरण तयार गर्ने, थप बजेट निकासा, स्रोत र शीर्षक परिर्वतन, राजस्व धरौटीको प्रतिवेदन तयारी, ऋण तथा वस्तुगत हिसावको विवरण राख्ने लगायतका कामहरु केन्द्रीय स्तरको लेखाले गर्दछ।
ख) कार्यसञ्चालनय स्तर लेखा : मन्त्रालय तथा विभाग जस्ता तालुक कार्यालयबाट प्राप्त सीमा र निर्देशनका आधारमा बजेट प्रस्तुत गर्ने, मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्टी भएका क्रियाकलापका आधारमा निकासा लिने, खर्च गर्ने, त्यसको हिसाव राख्ने, राजस्व, विनियोजन, धरौटी र पेश्कीको विवरणको प्रतिवेदन गर्ने लगनयतका प्रारिुमक हिासव र अभिलेखको काम कार्यासञ्चालन स्तर लेखाबाट गरिन्छ।
त्यस्तै कारोवारका आधारमा नेपालको लेखा प्रणलीको स्वरुपलाई निम्नानुसार वर्गिकरण गर्न सकिन्छ।
– विनियोजन लेखा
– राजस्व लेखा
– जिन्सी र सम्पत्ति लेखा
– धरौटी लेखा
– केन्द्रीय लेखा
– आयोजना लेखा
– निर्माण लेखा
कार्य सञ्चाल स्तरको लेखा प्रयोग हुने प्रमुख फारमहरू
साविकमा प्रयोगमा रहेका म ले प फारामहरुलाई महालेखा नियन्त्रक कार्यालयको सिफारिसमा महालेखा परीक्षकबाट २०७६।२।१९ मा स्वीकृत भै यसै आ व २०७६।७७ बाट नया म ले प फारामह कार्यान्वयनमा आएका छन्, जसले संघीय सरकारका सवै तहका सरकारका आर्थिक कारोवारलाई व्यवस्थित गर्दछ।
यी फारामहरु १४२ भन्दा बढी छन् र तिनलाई ९ समूहमा वर्गीकरण भएका छन्। जस्तो राजस्व सम्बन्धी, खर्च लेखांकन र प्रतिवेदन सम्बन्धी, बजेट सम्बन्धी, जिन्सी र सम्पत्ति सम्बन्धी, सार्वजनिक निर्माण सम्बन्धी, धरौटी सम्मबन्धी, ऋण व्यवस्थापन सम्बन्धी, ऋण लगानी सम्बन्धी, लेखा परीक्षण र वेरुजु सम्बन्धी र आन्तरिक नियन्त्रण सम्बन्धी। कार्यसञ्चालनमा प्रयोग हुने प्रमुख म ले फारामहरु यी हुन्ः
क) गोश्वारा भौचरः यसलाई म ले प फाराम नं २०३ (साविक मलेप फा नं १०) का नामले चिनिन्छ। यो आर्थिक कारोवारको शुरु प्रविष्टी फाराम हो। यसमा विभिन्न २२ प्रकारका विवरणहरु उल्लेख गरिन्छन् ता कि आर्थिक कारोवारको सम्पूर्ण विवरण उल्लेख गर्न सकियोस्। यसमा संकेत नं, कारोवारको व्यहोरा, खाता नं, हिसाव नं, डेविट,
क्रेडिट र चेक नं, चेक रकम, मिति र प्रमाणित आदि कुराहरु राखिन्छ।
ख) नगदी आम्दानी रसिद : यसलाई म ले प फाराम नं १०१ (साविक म ले प फा नं ११) का नामलै चिनिन्छ। यसले कार्यालयको नाममा प्राप्त हुने राजस्वको विवरण देखाउदछ। यसले कुन शीर्षक अन्तर्गतगत कसबाट कति रकम प्राप्त भयो भन्ने विवरण दिने गर्दछ।
ग) खर्चको फाँटवारी : म ले प फारा नं २१० (साविक म लेप फा नं १३) का नामले चिनिने यस फारममा जम्मा ७ महल हुन्छन्। यसले कुनै महिनाको खास निकायको खर्चको अवस्था देखाउदछ। यो प्रत्येक महिना वितेको सात दिनभित्र तालुक निकायलाई दिनुपर्ने मासिक आर्थिक विवरण हो।
घ) माग फाराम : यो जिन्सीसंग सम्बन्धित प्रमुख मलेप फाराम हो। सलाई म ले प फा नं ४०१ भनिन्छ (साविककमा म ले प फा नं ५१)। कार्यालयका लागि आवश्यक पर्ने जिन्सी सामानको व्यवस्था गर्न सवैभन्दा पहि माग फाराम भर्नुपर्ने हुन्छ। ४०० सेरिजमा खरिद आदेश (४०२), दाखिला फाराम (४०३), लगायत का ४१८ फारामसम्म जिन्सी फारामहरु रहेका छन्, जसले जिन्सी सामानको व्यवस्थापन एवम्नियन्त्रण गर्दछन्।
ङ) त्यस्तै धेरै प्रयोगमा आउने म ले फ फारामहरुमा व्यक्तिगत धरौटी खाता (म ले फा नं ६०१), गोश्वारा धरौटी खाता (म ले प फा नं ६०२), बैक प्रत्याभूति खाता फाराम (म ले फा नं ६०४), खर्चको फाटवारी फाराम (म ले प फा नं २१०), भुक्तानी आदेश फाराम (म ले फ नं २०४), अन्तर सरकारी कारोवार एकीकृत प्रतिवेदन (म ले प फा नं २३०), निर्माण लागत अनुमान (म ले फ नं ५०१), नापी किताव (म ले पा फा नं ५०३) आदि प्रमुख छन्। यी फारामहरु आवश्यकताका आधारमा महालेखा नियन्त्रक कार्यालयबाट सिफारिस भै महालेखा परीक्षकबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएका हुन्।
नेपालको लेखा प्रणालीको विशेषताहरु
– नगद कारोवारमा आधारित छ।
– उप प्रणालीहरुसंग एकिकृत छैन।
– आन्तरिक नियन्त्रण र बजेट नियन्त्रणका लागि सजिलो खालको छ।
– आर्थिक वर्षको अन्तमा भार पर्ने खालको छ।
– पेश्कीलाई खर्चको व्यवहार गर्ने गर्दछ।
– लागत लेखा प्रणालीमा आधारित छैन। केवल कारोवार देखाउछ।
– दाताहरुको आवश्यकता पूरा नगर्ने केवल आन्तरिक आवश्यकता मात्र पूरा गर्ने खालको
छ।
– सवै प्रकारको कार्यालयलाई एकै प्रकारको श्रेस्ता प्रणाली छ।
– स्रोतगत लेखा प्रणालीको अभाव छ।
– गतावधिक भएकाले वदलिदो आवश्यकता पूरा गर्दैन।
– बजेट र लेखा प्रणाली वीच समन्वीती छैन।
– सरकारका सवै तहको एकीकृत विवरण समेट्ने प्रणाली विकास भैसकेको छैन।
– दायित्व र ह्रासकट्टीको विवरण समेट्दैन।
– नियम र कार्यविधिको माध्यमवाट नियन्त्रण गर्न सक्षम छ तर नतीजा र प्रभावलाई वास्ता गर्दैन।
– साँघुरो पनि छ। जस्तो वाह्य संस्था र निकायले अवलम्वन गरेका कुराहरुको चित्रण गर्न सकिदन।
नेपालको लेखा प्रणालीमा उल्लिखित कमजोरी रहे पनि दशवटा जति एप्लीकेशन सफ्टवेरका माध्यमबाट
यसलाई सूचना प्रविधिसंग परिचित गराउदै लगिएको छ।
नेपालको लेखा प्रणालीलाई अन्तराष्टिय स्तरको बनाउन सरकारी वित्तीय तथ्यांक निर्देशिका (GFS: 2014) मा आधारित एकीकृत आर्थिक संकेत तथा वर्गीकरण, २०७४, नेपाल सार्वजनिक क्षेत्र लेखामान, २०७५ अनुरुप लेखा ढाँचा र फारामहरु परिवर्तन गरिएका छन्।
सरकारी वित्तीय कारोवार र सञ्चित कोष व्यवस्थापनका सन्दर्भमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले महालेखा नियन्त्रक कार्यालयलाई तोकिएको काम कत्र्तव्य तथा अधिकारमाथि संक्षिप्त प्रकाश पार्नुहोस्। १०
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा यसलाई व्याख्या गर्न बनेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले महालेखा नियन्त्रक कार्यालयलाई महत्वपूर्ण कार्यजिम्मेवारी दिएको छ।
कुनै पनि मुलुकको वित्तीय स्वास्थ्य सुधार गर्न वित्त व्यवस्थापनका पाँच क्षेत्रहरु वित्त योजना, खर्च व्यवस्थापन, कारोवारको लेखाङ्कन, वित्त विश्लेषण, वित्तीय निर्णय र मूल्यांकन तथा लेखापरीक्षण सवल हुनुपर्दछ। महालेखा नियन्त्रक कार्यालय यी सबै कार्यको मियोको रुपमा काम गर्दछ।
नेपाल सरकारको कार्यविजन नियमावलीमा वित्त व्यवस्थापनको सञ्चालन तथा समन्वय गर्ने काम अर्थ
मन्त्रालयलाई तोकिएको छ। महालेखा नियन्त्रक अर्थ मन्त्रालयलाई तोकिएको काममध्ये वित्त व्यवस्थापनका सन्दर्भमा व्यवस्थापकीय स्वायत्ततताको उपयोग गर्दछ।
संविधानको भाग १० आर्थिक कार्यप्रणाली, धारा १२५ सञ्चित कोष सञ्चालनका लागि संसदले निर्माण
गरेको कानून आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ महालेखा नियन्त्रक कार्यालयका
प्रमुख कामहरु देहाएबमोजिम छन्ः
संघीय सञ्चित कोषको सञ्चालन
– निकासा तथा भुक्तानी
– संघीय सञ्चित कोषका लेखा राख्ने
– संघीय सञ्चित कोष तथा अन्य कोष सञ्चालनका लागि बैंक तोक्ने
– संघीय कोष तथा अन्य सरकारी कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था
एकीकृत वित्तयि विवरण तयार गर्ने
– संघीय सञ्चित कोष, प्रदेश सञ्चित कोष स्थानीय कोष तथा अन्य सरकारी कोषको एकीकृत आर्थिक विवरण तयार गरी महालेखा परीक्षक तथा अर्थ मन्त्रालय समक्ष पेश गर्ने।
– सञ्चित कोष तर्फको आर्थिक विवरण, जिल्लागत, शीर्षकगत, कार्यगत आधारमा (राजस्व, अनुदान (नगद अनुदान, शोधभर्ना हुने अनुदन, सोझै भुक्तानी हुने अनुदान, बस्तुगत सहायता), वित्तीय व्यवस्था (ऋण लगानी फिर्ता–आन्तरिक र बाह्य, शेयर बिक्री, वैदेशिक आन्तरिक) वैदेशिक ऋण प्राप्ति–नगद ऋण, शोधभर्ना हुने ऋण, सोझै भुक्तानी ऋण, आन्तरिक ऋण, अन्य प्राप्तिको विवरण, दायित्व तथा धरौटी आदि।
– विभाज्य कोषको आर्थिक विवरण
– पालिका तथा प्रदेशहरुको आार्थिक विवरण।
– वित्तीय विवरण महालेखा परीक्षकल तोके अनुरुप तर्जुमा गर्ने।
लेखा नीति तथा कार्यविधि निर्धारण
लेखा ढाँचा तथा फाराम निर्माणमा सहयोग
लेखा सम्बन्धी कार्य।
आन्तरिक लेखा परीक्षण : नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिताका आधारमा
आन्तरिक लेखा परीक्षण गर्ने
आन्तरिक लेखा परीक्षणको व्यहोराको प्रतिवेदन कात्र्तिक मसान्तभित्र अर्थमन्त्रीसमक्ष पेश गर्ने
प्रतिवेदन महालेखा परीक्षकलाई पनि पेश गर्ने
अन्तिम लेखा परीक्षण गर्दा आन्तरिक लेखा परीक्षणलाई पनि आधार मान्ने
आन्तरिक लेखा परीक्षणको स्वतन्त्रता, निष्पक्षता र व्यवासायिकता विकास गर्ने।
कुमारीचोक तथा केन्द्रीय तहशील सम्बन्धी काम :
– म ले प को बेरुजु फर्छ्रयौट (सरकारी बाँकी सरह असुल उपर गर्न सम्बन्धित निकायबाट लेखिआएका बेरुजुको लगत कसी फरफारक गर्ने जिम्मेवारी)
– मिह्ना सचिवालयको काम
– मन्त्रालयहरुले उठाउन नसकेको बेरुजु (अनुसूची १५ भरेर पठाएका, जस्तो कि तेजारथ सापटी, घरेलु सापटी, बेरुजु)
– सरकारका तर्फबाट गर्नुपर्ने पूजाआजा व्यवस्थापन।
निबृत्तिभरण व्यवस्थापन सम्बन्धी काम
– निवृत्त कर्मचारीको विवरण
– निवृत्तिभरणका लागि बैंक तोक्ने
– रकम निकासा दिने
– यस सम्बन्धी अन्य काम।
आवश्यक कार्यविधि तथा निर्देशिका तयार तथा कार्यान्वयन
लेखा समूहको प्रशासन तथा जनशक्ति व्यवस्थापन
क्षमता विकास तथा प्रणाली निर्माण
ज्ञान व्यवस्थापन
सार्वजनिक खर्च व्यवस्थापन सुधार कार्य
अध्ययन अनुसन्धान।
संघीय शासन प्रणालीका सन्दर्भमा तहगत सरकारको प्रणाली निर्माण, प्रणालीको क्षमता विकास, एकीकरण र समन्वय गर्ने अभिभावकीय भूमिका पनि महालेखा नियन्त्रक कार्यालयमा छ।
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100