काठमाडौँ– गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीको माग गरेको छ।
आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा कर्मचारीको माग गरेको हो।
आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले (प्राविधिक अप्राविधिक) गरी आज दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन्।
![]()