काठमाडौँ– जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्नु पर्ने बताएका छन।
आज (मङ्गलवार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनतले उस्तो बताएका हुन्। यस्तै उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका समेत बताए।
उनले भने, ‘देशमा इन्जिनियर विद्यार्थीहरुको शुल्क तिरिरहेको भन्दा तीन गुनाबढी गरिएको हुनाले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन्। यस्तो अवस्थामा देशको भविष्य के हुन्छ? पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन्। यस्तो बेला देशको नेताहरुले भविष्यको योजना कसरी बनाउनु हुन्छ त्यसैले चाँडो यसको समाधान गर्न माग गर्दछु।
उनले कम्प्युटर शिक्षाको लागि करारमा मात्र राख्ने गरेको भन्दै दरबन्दीमा राख्न समेत माग गरे।