लोकसेवा उपयोगी सामग्री [८०] - Chaitanya News
  • 2026-06-06
  • 04:32:34
  • शुक्रबार,जेठ २२, २०८३
  • १. नेपालमा वैदेशिक सहायताको महत्वबारे प्रकाश पार्दै वैदेशिक सहायतालाई प्रभावकारी रुपमा परिचालन गर्न के कस्ता उपायहरु अवलम्बन गर्नुपर्ला ? उल्लेख गर्नुहोस्। १०

    एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोगस्वरूप प्रदान गरिने कुनै पनि वस्तु वा सेवा अर्थात विकसित देश वा Agency ले विकासोन्मुख देश वा Agency लाई आर्थिक, प्राविधिक, मानवीय रुपमा गर्ने सहयोग नै वैदेशिक सहायता हो। विकासोन्मुख मुलुकमा देशभित्रको बचत तथा श्रोत साधनको कमी पुरा गर्न, वैदेशिक मुद्राको आवश्यकता परिपर्ति गर्न, विकासका गतिविधिहरू सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति जुटाउने लगायतका कार्यका लागि वैदेशिक सहायता आवश्यक पर्दछ। नेपाल जस्ता देशका लागि necessary evil का रुपमा रहेको वैदेशिक सहायता अनुदान, ऋण, प्राविधिक सहायताका स्वरुपमा देखिन्छ भने नगद, वस्तु, सोधभर्ना, सोझै भुक्तानीका तरिकाबाट उपलब्ध हुने गर्दछ। भविष्यमा वैदेशिक सहायता लिनु नपर्ने स्थितिको सिर्जना गर्नु यसको लक्ष्य हो।

    वैदेशिक सहायता कुनै पनि देशको आर्थिक, सामाजिक विकासको एक प्रभावकारी संयन्त्र मानिने हुँदा देशमा भौतिक पूर्वाधारहरू, जस्तै– सडक, सिंचाई, जलविद्युत लगायतका शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रको विकासका लागि यसको महत्व रहेको देखिन्छ। यसका अतिरिक्त वैदेशिक सहायताको महत्वलाई थप निम्न बुँदामा प्रष्ट पार्न सकिन्छः-

     विकासका आन्तरिक सम्भावना एवं अवसरहरुको उच्चतम उपयोगका लागि पुजीँ एवं प्रविधिको उपयोग गर्न
     विकासका गतिविधिलाई प्रतिस्पर्धी, गुणस्तरीय, परिमाणात्मक गराउन
     आवधिक योजनाले राखेको उदेश्य पूरा गर्न
     समयसापेक्ष नीतिको निर्माणका लागि आवश्यक संवादको विकास गर्न,
     आर्थिक सुधारलाई मार्गनिर्देश गर्न,
     सार्वजनिक नीति निर्माताको क्षमता अभिवृद्धि गर्न
     सार्वजनिक सेवाहरूको लागि वित्तिय सहयोग प्रदान गर्न,
     न्यून आन्तरिक वचत र लगानीको बीचको खाडल कम गर्न,
     विकासमा प्रविधि inject गर्दै जनताको विकासको मागलाई व्यवस्थापन गर्न
     अन्ततोगत्वा आर्थिक सामाजिक रुपान्तरण गर्न यसको महत्व देखिएको छ।

    देशको वित्तीय घाटा पूर्ति गर्ने प्रमुख श्रोतका रुपमा वैदेशिक सहायतालाई लिईन्छ। वि.स. २०१२ सालमा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेपछि वैदेशिक सहायता लिने कार्य सुरु गरेको नेपालले यसको प्रभावकारी रुपमा परिचालन र व्यवस्थापन गर्न नसकेको कारण हालसम्म आशातित प्रगति हासिल गर्न नसकेको तथ्य यथार्थ हो। यस अवस्थामा निम्न उपायहरु अवलम्बन हुन सकेमा वैदेशिक सहायतालाई प्रभावकारी रुपमा परिचालन गर्न सकिने हुन्छ:

     वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकता Alignment गर्ने – त्यसका लागि सहायता योजनाको रणनिति अनुसार लिने, Sector wise approach अनुसार मात्र लिने, Inclusive development मा लिने
     सहायता लिँदा- सहायता प्राप्ति तथा परिचालनमा संस्थागत क्षमता सुदृढीकरण, प्रभावकारि समन्वय, Comparative advantage model मा लिने त्यसका लागि unmarked support, budgetary support, program based approach, innovative approach, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा मात्र, रातो किताबको योजनामा मात्र लिने)
     अनुदान लिँदा- सामाजिक क्षेत्रमा परिचालन गर्ने गरी कम्तीमा ५ मिलियन डलर भन्दा कम नलिने
     प्राविधिक सहायता लिँदा- Selective हुने र अन्तराष्ट्रियस्तरको जनशक्ति चाहिने स्पष्ट आदारमा लिने
     ऋण लिँदा- सहुलियतपूर्ण ऋण लिँदा कम्तीमा १० मिलियन र अन्य ऋण लिँदा कम्तीमा २० मिलियन $ भन्दा कम नलिने र उक्त ऋण पूर्वाधार विकासको क्षेत्रमा लिने
     सबै प्रकारका ऋण लिँदा बृहत्तर रुपमा मानवीय सामाजिक क्षेत्रको विकास र परिचालनमा लिनुका साथै निम्न क्षेत्रलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्छः-
     वैदेशिक सहायताको परिचालनको लागि व्यवस्थापनमा स्वायत्तता प्रदान गर्ने
     वैदेशिक सहायताबाट सञ्चालन गरिने परियोजनाका लागि MIS सहितको project bank बनाउने
     donor Harmonization गर्ने
     खरिद ऐन तथा नियमावलीको पूर्ण पालनामा जोड
     institutional capacity बढाउने
     वैदेशिक सहायताको बजेट मार्फत परिचालन गर्ने- सबै सहायतालाई राष्ट्रिय बजेट प्रणाली मार्फत परिचालनको सुनिश्चितता गर्ने, समानान्तर संयन्त्रलाई निरुत्साहित गर्ने, दाताको सहज पहुँचलाई नियन्त्रण गर्ने, क्षेत्रगत वैदेशिक नीति तर्जुमा
     स्थानीय श्रोत साधनको उपयोग गर्ने गरी आयोजनाको पहिचान गर्ने
     Transparency, Accountability बढाउने – E- Bidding गर्ने
     R/M/E लाई प्रभावकारी बनाउने
     उपयोग क्षमता बढाउने, नतिजामा आधारित निकासा प्रणाली लागू गर्ने

    अन्त्यमा,

    वैदेशिक सहायता रहर नभई नेपालको बाध्यता हो। यसबाट नेपालले पर्याप्त लाभ लिन सकेको अवस्था नदेखिएको भएतापनि नेपालको समग्र विकास प्रयासमा वैदेशिक सहायताबाट थप महत्वपूर्ण उपलब्धि हासिल गर्न वैदेशिक सहायता प्राप्ति र परिचालनमा प्रतिस्पर्धात्मक क्षमता अभिवृदि गरी सबै सहायतालाई राष्ट्रिय प्राथमिकता तथा प्रणालीसँग आवद्द गर्नसकेमा फराकिलो, समावेशी र दिगो आर्थिक वृदि हासिल हुने, रोजगारी सिर्जना हुने र गरिबी न्युनीकरणमा अधिक प्रतिफल पाउनेमा आशावादि हुन सकिन्छ।

    दिगो विकासको अवधारणा उल्लेख गर्दै नेपालको दिगो विकासका प्रमुख व्यवधानहरु उल्लेख गर्नुहोस्। १०

    सजीव, क्रियाशील र निरन्तर आत्मोन्नति गर्न चाहने एक मात्र जीव मानव समुदायले आफ्नो चाहना र आवश्यकता पूर्तिका लागि भविष्यको सोच नगर्दा विकास प्रणाली दिगो र टिकाउ हुन सक्दैन भन्ने मान्यताबाट दिगो विकासको अवधारणाको जन्म भएको हो । दिगो हुन नसकेको विकास प्रणालीलाई आफैँमा धानिन सक्ने, टिकाउ र सतत् विकास हुने तुल्याउन मानव समुदायले विकास प्रक्रिया कार्यान्वयन गर्दा भावी सन्ततिको उन्नति र विकासमा बाधा नहोस् भन्नेतर्फ सचेत हुन थाल्यो र दिगो विकासको अवधारणाले मूर्तता पायो

    विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि नछोड्ने प्रतिवद्दता- अन्तरतह, अन्तरपुस्ता, अन्तरप्रजाती, अन्तरन्याय,
    5ps –people, peace, prosperity, planet, partnership
    without compromising the ….
    our common future
    दिगो विकासको अवधारणा निम्न समस्याहरूबाट उजागर भएको पाइन्छ
    अत्यधिक जनसंख्या वृद्धि
    अनियन्त्रित र अव्यवस्थित बसोवास बढ्दो सहरीकरण, बढ्दो मरुभूमीकरण, तीव्र औद्योगीकरण, पूर्वाधारजन्य संरचनाहरूको व्यापक निर्माण, बजार विस्तार, ठुल्ठूला आयोजनाहरूको निर्माण र सञ्चालन, आणविक शक्तिको विस्तार
    विकासको वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, मानवीय तथा शासकीय पक्षबाट दिगो विकासलाई हेर्ने गरिएको पाइन्छ।
    दिगो विकासको महत्व
    विकास भन्नु नै स्रोत–साधनको बुद्धिमतापूर्ण उपयोग हो। हरेक मुलुक र जनताले अपेक्षा गरेको न्यायपूर्ण र समतामूलक समृद्धि एवं मानसिक सुख र खुसीका लागि दिगो विकासको विकल्प छैन।
    दिगो विकासको मूलभूत महत्व निम्नलिखित रहेको पाइन्छ :
    मानव र प्रकृतिबीचको सम्बन्ध फलदायी, सकारात्मक र सहयोगी बनाउँदै विकास गर्न, प्राकृतिक स्रोत–साधनको सन्तुलित र बुद्धिमतापूर्ण प्रयोग, वर्तमानको आवश्यकता र चाहना परिपूर्तिका लागि भविष्यसँग सम्झौता नगर्न।
    स्रोत–साधनको उपयोगमा नैतिकता र विवेकशीलता कायम राख्न, पृथ्वीले वहन गर्न सक्ने क्षमतालाई खलल नपर्ने गरी विकास गर्न। यी महत्वलाई मनन् गरी दिगो विकासको मान्यतालाई सबै शासकीय आयामका साथसाथै दैनिक जीवनचर्यामा समेत मूल प्रवाहीकरण गर्नु जरुरी हुन्छ।

    नेपालको सन्दर्भमा दिगो विकास प्रमुख व्यवधानहरु

    • गरिबी निवारणसम्बन्धी कार्यक्रमको अपेक्षित प्रभावकारीता नहुनु।
    • मौजुदा नीति तथा कानुनको कार्यान्वयनमा कमी।
    • सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान नहुनु।
    • अनुसन्धान र विकासमा विशेष लगानी गरी मौलिक र दिगो पूर्वाधार विकासको नीतिमा रहेको कमजोरी।
    • प्रस्ट अर्थराजनीतिक मोडलमा।
    • प्रदेश र स्थानीय सरकारमा दिगो विकासको एजेन्डा मूल प्रवाह हुन नसकेको।
    • चेतनामूलक कार्यक्रमको प्रभावकारिता
    • व्यवस्थित बसोवास, सहरीकरण र औद्योगिकीकरणका लागि भूमिको एकीकरण, चक्लाबन्दी आदिमा जोड दिन नसकिएको।
    • वैकल्पिक सौर्य ऊर्जा र भू–उपयोग नीति मा रहेको कमजोरी।
    • साना र स्थानीय प्रविधिमुखी आयोजनामा जोड दिने परिपाटि नहुनु।
    • शासकीय सरोकारमा जनसहभागिता सुनिश्चित नहुनु।
    • प्राकृतिक स्रोत–साधनको दोहन र उपयोगबीचको थ्रेसहोल्ड नरहेको।
    • दिगो विकासका आयामहरूको कार्यान्वयनलाई अपेक्षित तुल्याउन विभिन्न तत्वले प्रभाव पारेका हुन्छन्। विकसित भइसकेका राष्ट्रहरू र अल्पविकसित विकासोन्मुख मुलुकहरूको यससम्बन्धी धारणा नै फरक हुने हुनाले एउटै लक्ष्य निर्धारण गर्न सकिने अवस्था देखिँदैन।
    • यसो हुनुमा ती राष्ट्रको विगत र वर्तमानको क्षमतामा रहेको विविधता प्रमुख कारक हो।

    तसर्थ दिगो विकासको अवधारणाको व्याख्या र विश्लेषण मुलुक विशेष हुन जरुरी छ। विकसित मुलुकले विगतमा गरेको अत्यधिक दोहनको क्षतिपूर्ति वैज्ञानिक ढंगले फर्काएर मात्र समान हैसियतमा विश्वव्यापी मान्यता र लक्ष्य निर्धारण गर्नु श्रेयष्कर देखिन्छ।

    प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100