चाँगुनारायण फाउन्डेसनको सहयोगमा जुनवेशी माध्यमिक विद्यालयको भवन निर्माण सुरू - Chaitanya News
  • 2026-05-02
  • 21:01:11
  • शनिबार,बैशाख १९, २०८३
  • चाँगुनारायण फाउन्डेसनको सहयोगमा जुनवेशी माध्यमिक विद्यालयको भवन निर्माण सुरू

    चाँगुनारायण फाउन्डेसनको सहयोगमा जुनवेशी माध्यमिक विद्यालयको भवन निर्माण सुरू

    काठमाडौं- सोलुखुम्बुस्थित जुनबेशी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरू भएको छ।

    सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले शुक्रबार विद्यालय भवनको शिलान्यास गरेका हुन्।

    चाँगुनारायण फाउन्डेसनको २ करोड २४ लाख ४२ हजार ६१४ रूपैयाँको लागतमा सुविधासम्पन्न भवन निर्माण हुन लागेकोे हो।

    भवन निर्माणको जिम्मेवारी आरआर अमर ज्योति जेभिले २०८१ असार १६ गते सम्पन्न गर्ने गरी पाएको छ।

    भवन शिलान्यास गर्दै मेयर शेर्पाले निर्माण कम्पनीलाई गुणस्तरमा ध्यान पु¥याउन निर्देशन दिए।

    गुणस्तरीय शिक्षासँगै स्तरीय भौतिक पूर्वाधार निर्माणमा नगरपालिका लागि परेको बताउँदै उनले गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

    विद्यालयका प्रधानाध्यापक भरत राईले गुणस्तरीय शिक्षाका लागि समयानुकूल पठनपाठनमा जोड दिए।

    जुनबेसी माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा अवस्थित छ।