शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठन आन्दोलित - Chaitanya News
  • 2026-05-02
  • 21:00:42
  • शनिबार,बैशाख १९, २०८३
  • शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठन आन्दोलित

    शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठन आन्दोलित

    काठमाडौं– शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका छन्।

    विद्यालय क्षेत्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा प्रदर्शन गरेका हुन्।

    गुठीमा भएका विद्यालयले नै दुस्ख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए। शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउँदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्।

    जसअनुसार साउन २६ गते अन्तरक्रिया गर्ने, २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरूले जनाएका छन्।