चुनाव नजिकिँदै गर्दा नेपाली राजनीतिक पातालतिर धसिएको डा.भट्टराईको टिप्प्णी - Chaitanya News
  • 2026-04-24
  • 13:40:18
  • शुक्रबार,बैशाख ११, २०८३
  • चुनाव नजिकिँदै गर्दा नेपाली राजनीतिक पातालतिर धसिएको डा.भट्टराईको टिप्प्णी

    चुनाव नजिकिँदै गर्दा नेपाली राजनीतिक पातालतिर धसिएको डा.भट्टराईको टिप्प्णी

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै गएको टिप्प्णी गरेका छन्।

    एमालेसँग तालमेल गर्ने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

    सामाजिक सञ्जालमार्फत डा. भट्टराईले दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु भएको बताए। उनले अवसरवादको अँध्यारो निष्ठाको जुककिरी बन्ने साहस गर्न पनि आग्रह गरेका छन्।

    उनले लेखेका छन्, ‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो१ यो अवसरवादको अ‍ॅध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं।’

    जनता समाजवादीका अध्यक्ष यादवले बिहीबार साँझ एमालेसँग चुनावी तालमेलका लागि छलफल थालेसँग भट्टराईको यस्तो टिप्पणी आएको हो। एमाले अध्यक्ष ओली र यादवबीच सहमतिनजिक पुगेका छन्।