शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरुले गरे आन्दोलन घोषणा - Chaitanya News
  • 2026-05-02
  • 20:58:37
  • शनिबार,बैशाख १९, २०८३
  • शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरुले गरे आन्दोलन घोषणा

    शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरुले गरे आन्दोलन घोषणा

    काठमाडौं– प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन्।

    प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने घोषणा छन्।

    उनीहरुले मंगलबार पत्रकार सम्मलेन गर्दै बुधबार पालिकारजिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समान्वय इकाइ प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ(आफ्ना संगठनमा समिक्षा बैठक गर्ने र शनिबार देशैभरका अनिश्चितकालिन विद्यालय बन्द गर्ने, भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन्।

    विधेययकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलार्य ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको बताएका छन्।

    संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्धेश्यबाट अभिप्रेरित भएको ठहर छ’ उल्लेख गरेका छन्।