सिटीइभीटीको प्रवेश परीक्षा स्थगित - Chaitanya News
  • 2026-09-18
  • 17:46:10
  • शुक्रबार,आश्विन ०२, २०८३
  • सिटीइभीटीको प्रवेश परीक्षा स्थगित

    सिटीइभीटीको प्रवेश परीक्षा स्थगित

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ ।

    सिटीइभीटीले शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रबार सूचना जारी गरी स्थगित गरेको हो ।

    चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित गरेको हो ।

    उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने सिटिइभीटीले जनाएको छ ।