काठमाडौँ– सरुवा भएका निजामती कर्मचारीलाई समयमै रमाना नदिई साबिककै कार्यालयमा राख्ने प्रवृत्तिमाथि सरकारले कडाइ गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तोकिएको म्यादभित्र अनिवार्य रूपमा रमाना दिई नयाँ कार्यालयमा हाजिर गराउन निर्देशन दिएको छ। मन्त्रालयले भदौ ३० गते सचिवस्तरीय निर्णय गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका…