काठमाडौँ– राष्ट्रिय किताबखानाले तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने १६९ वटा पालिकाहरूलाई कारबाही गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ।
शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहरूको वार्षिक तलबी विवरण पारित गर्ने गराउने भनेर उल्लेख गरिएको छ।
सोही बमोजिम प्रत्येक पालिकाहरूले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूको तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक)बाट पारित गरी तलब भत्ता भुक्तानी गर्नुपर्ने कितावखानाले जनाएको छ।