सार्वजनिक प्रशासनका क्षेत्रमा देखिएका नवीन प्रवृत्तिहरुको छोटकरीमा उल्लेख गर्दै ती प्रबृत्ति आउनका कारण वा कारक तत्वहरु उल्लेख गर्नुहोस्।(५+५) १०
- सार्वजनिक कार्यहरूको व्यवस्थापन गर्ने विधि, प्रक्रिया र मूल्यमानकहरू नै सार्वजनिक व्यवस्थापनहो।यसका आधारभूत चरित्र समान रहपे नि कार्यविधि, कार्यशैली, कार्यक्षेत्र र कार्य आयातनका
विषयहरु समयको क्रमसंगै परिवर्तन हुने गर्दछन्।
- परम्परागत रूपमा प्रशासन कर्मचारीतन्त्रीय शैलीबाट सञ्चालन गरिन्थ्योभनेयस शताव्दी नआइपुग्दै यो व्यवस्थापनमा बदलिएको छ। जनताको चेतना स्तर, शासकीय दर्शन र प्रशासनको पर्यावरण (Ecology of administration) का कारण पनि प्रशासन परिवर्तन हुने पृष्ठभूमि बन्ने गर्दछ।
- व्यवस्थापनलाई नीति मात्र हो कि कार्यप्रवाह पनि भन्ने विवाद थियो। अव त्यो विवादको छिनोफानो भएको छ। नीतिदेखि नतिजासम्म सवै व्यवस्थापनका पाटो हुन्। त्यसैले अव सावर्ज निक व्यवस्थापनमा आदेश, निर्देश र व्यवस्थापनका साथै कार्यसम्पादनका विषयहरू समेटिएका छन्।
- सन् १९७० को दशकमा सार्वजनिक प्रशासनमा व्यवस्थापनवादको विकास भएको थियो, जसले प्रशासनमाथि वेवरियन शैलीको परिमाजर्न माग गर्यो। प्रशासन भयशक्तिबाट कार्यशक्तिमा र नियन्त्रणबाट व्यावसायिकतामा बदलिन थाल्यो।
- असीको दशकबाट व्यवस्थापनवादमा पनि परिमाजर्न खोजियो र नया सार्वजनिक व्यवस्थापनको अवधारणाले मान्यता पायो। यसले सार्वजनिक व्यवस्थापनमा नीति र व्यवस्थापनलाई अलग्याउने, नतिजाउन्मुखता, समय संवेदनशीलता, प्रतिस्पर्धात्मकता र ग्राहकमुखीपनामा जोड दियो।
- नव्वको दशकमा सरकारको पुनर्वोधको नया अवधारणाले सरकारलाई उद्यमशील, ग्राहकमुखी, विकेन्द्रीत, सहजकारी, प्रतिस्पर्धी बनाउन जोड दियो। प्लास्त्रिक र ओव्सर्नले अघि सारेको यस अवधारणाले गोलाद्र्धका सवै कुनामा यति प्रभाव पा¥यो कि अमेरिकी राष्ट्रपति वील क्लीन्टनले अल गोरलाई राज्यकोपुनर्वोधकोतरिका सहित प्रतिवेदन गर्न जिम्मा दिए। उनले ‘फ्रम रेड टेप टुरिजल्ट’ नामक प्रतिवदे न प्रस्तुत गरे भने त्यसैको समानान्तरमा नेपालमा पनि उच्चस्तरीय प्रशासन सुधार आयोगको प्रतिवेदन २०४८ कार्यान्वयनमा ल्याइयो।
- उता बेलायतमा जोहन मेजरले सेवा व्यवस्थापन सुधारमा नेक्स स्टेप एजेन्सी र नागरिक वडापत्र जस्ता नया आविस्कार गरी राज्य संयन्त्रमा लागू गरे। विश्वका सवैजसो मुलुकहरूले सन् २००० नआइपुग्दै नागरिक वडापत्र लागू गर्न पुगे। छरितो सरकार, स्वायत्त कार्य एकाइ जस्ता अवधारणाहरू अभ्यास गरिए।
- सन् २००० को दशकमा शासकीय व्यवस्थापन (सुशासन) को अवधारणा आयो। यसलाई सार्वजनिक व्यवस्थापनमा नया सार्वजनिक सेवाका रूपमा लागू गरिएको छ। जसले नया सार्वजनिक व्यवस्थापन र सामाजिक न्यायलाई एकिकृत गरेको छ। डेनहार्ट एण्ड डेनहार्टले यसलाई मलजल गरेका छन्।
- सन् २०१० को दशकमा दुई प्रकारका विषयहरूले महत्व पाए। पहिलो समावेशी व्यवस्थापन, जसले ग्राहकको स्वाद र सन्तुष्टिलाई संवोधन गर्न सक्छ, र अर्को नया सार्वजनिक सुशासन (एनपिजी), जसले सेवा व्यवस्थापनमा नवीनतम विधि र ग्राहक सम्वोधनलाई महत्व दिन्छ। पहिलो विचारधारा सामाजिक लोकतन्त्रको उपज हो भने दोस्रो पिटर प्लास्त्रिकजस्ता विचारकको आविस्कार।
- राष्टपति वाराक आवामाले आविस्कारमुखी सरकारको अवधारणा अघि ल्याए। यस कार्यका लागि उनले सूचनाप्रविधि सल्लाहकार अनिस चोपरालाई जिम्मा दिएका थिए। चोपराले विज्ञान, प्रविधि, इञ्जिनियरिब र गणित (स्टेम) लाई आविस्कारमुखी सरकारको आधारका रूपमा अपनाउन सुझाएका थिए।
- आजभोलि एजेन्सीफिकेशन, आउट सोर्सिब, सहउत्पादनका विधिहरू पनि उपयोगमा आएका छन्। यी प्रविधिले सेवाग्राहस्को चाख विस्तार, कार्यविधि सुधार, निरन्तर परिमाजर्न र व्यावसायिक प्रतिस्पर्धात्मकतालाई जोड दिएको छ।
- सार्वजनिक व्यवस्थापन बदल्ने अन्य कारक तत्वहरू : सावर्ज निक प्रशासन निरन्तर परिवर्तन ल्याउने केही कारक छन्, जसले परिवर्तनको माग, दवाव र प्रभाव पार्ने गर्दछ। जस्तो कि
– आर्थिक क्रियाकलापका केन्द्रहरू बदलिएका छन्।
– सार्वजनिक क्षेत्रको खर्च बढ्दै छ।
– नयाँउपभोक्ताहरू नयाँ उपभोग व्यवहार गर्न थालेका छन्।
– प्रविधि परिवर्तनलेजीवन पद्धतिलाई वेस्सरी प्रभाव पारिरहेकोछ।
– मानिसको गतिशीलता बढेको छ।
– सरकार तथा बजार सामाजिक न्यायको दवाव खेपिरहेका छन्।
– प्राकृतिक स्रोतकोअत्यधिक दोहनलेवातावरण विनास गरिरहकोछ।
– उद्योग प्रतिष्ठानहरूको कार्यवातावरण बदलिदै गएको छ।
– सम्बन्ध र सूचना प्रणाली फेरिदै छ।
– Economicw of Knowledge पनि बदलिदै गएको छ।
यसर्थ के भन्न सकिन्छ भने राज्यदर्शनमा आएको परिवर्तन, नागरिकको चेतना स्तर, उत्पादन प्रणाली र प्रविधि परिवर्तनले सार्वजनिक व्यवस्थापनलाई निरन्तर गतिशील बनाउँदै लैजाने गर्दछ। व्यवस्थापन स्थीर नभै गतिशील विषय हो भन्ने पनि यस प्रवृत्तिले पुष्टि गर्दछ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 325